नारायणीमा तटबन्ध : अब कुम्लोे बोक्न पर्दैन

नारायणीमा तटबन्ध : अब कुम्लोे बोक्न पर्दैन
सुन्नुहोस्

भरतपुरको रामघाटदेखि गोलाघाटसम्म तटबन्ध गरेपछि बाढीको डर हटेको छ।

चितवन : वर्षायाममा आकाश गर्जिएपछि नारायणी नदी किनारका बस्तीमा कसैलाई निन्द्रा लाग्दैन। बालबच्चा च्यापेर कुम्लो बोकेको घटना सम्झँदा पनि कहाली लाग्छ उनीहरूलाई। ज्यान जोगाउन कैयौं रात उनीहरूसुत्न पाएनन्। जाग्राम बसेका ती रातहरू सम्झिँदा अहिले दंग पर्छन् पश्चिम चितवनस्थित नारायणी नदी किनारका नागरिक।

नारायणीको भल पस्ने त्रासैत्रासमा बसेका उनीहरूलाई अब बाढीको चिन्ता छैन। नारायणी नदी किनारमा आधुनिक प्रविधिसहितको बाँध हालेपछि उनीहरू खुसी मात्रै छैनन्, अब रातमा कुम्लो बोक्न नपर्ने भो भन्नेमा ढुक्क छन्। नारायणी नदीबाट हुने जोखिम न्यूनीकरण गर्न नदीको दुवैतर्फ तटबन्ध बाँधिएको छ। यसले नदी किनारका बासिन्दालाई निर्धक्क बनाएको छ। भरतपुर २६ सिसुवारकी सुनिता महतो ढुक्क हुँदै भन्छिन्, ‘अघिल्लो वर्षमा बाढीले उठिबास नै लगाएको थियो। कैयौंपटक सामान बोकेर राती ज्यान जोगाउन हिँड्यौं। राति सुत्न पनि पाइँदैनथ्यो,’ सुनिताले भनिन्, ‘अब घर डुवानमा पर्दैन। ढुक्कले सास फेर्न पाउने भयौं।’

भरतपुरको रामघाटदेखि गोलाघाटसम्म तटबन्ध गरिएको छ। करिब २५ मिटर अग्लो तटबन्ध छ। त्यसमा ६ मिटर चौडाइको सडक बनेको छ। यसलाई पर्यटकीय हिसावले योजना बनाइएको हो। नदीको सतह बढेपछि नारायणघाटको नजिकै रहेको रामघाट छेउमा पनि बाढीको डर थियो। अहिले तटबन्धले स्थानीय खुसी छन्। नदी कटानको समस्याबाट मुक्त भएका छन्। तटबन्धका कारण भरतपुर–४ स्थित रामेश्वर शान्ति टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र कँडेलले नदीबाट बाढी खतरा हटेको बताए। ‘पहिला नदी बढेपछि बस्तीमा बाढी आउथ्यो। अहिले तटबन्धले डर हटेको छ,’ उनले भने, ‘विकास भनेको हाम्रो लागी बाढी रोक्नु हो। यसैमा खुसी छौं।’ 

१३ वटा ठेक्का सम्झौतामार्फत प्याकेज बनाएर तटबन्ध निर्माणको काम भइरहेको उनले बताए। नारायणीको भरतपुर महानगरपालिका र नवलपुरको गैंडाकोटतर्फ ३० किलोमिटरमा तटबन्ध बनिरहेको छ। भरतपुर क्षेत्रमा २० र गैंडाकोटमा १० किलोमिटर क्षेत्रमा तटबन्धको काम तीव्र भएको छ। योजनाअनुसार भरतपुरतर्फ करिब ३५ किलोमिटर र नवलपरासीतर्फ करिब ५८ किलोमिटर तटबन्ध हुँदै छ। उनले पहिलो चरणमा मानव बस्ती जोखिममा रहेको क्षेत्रमा तटबन्ध निर्माणको काम सम्पन्न भएपछि अर्को चरणमा बाँकी क्षेत्रमा तटबन्धको योजना ल्याउन पहल गर्ने बताइन्। ‘महानगरपालिकाको सबैभन्दा ठूलो गौरवको आयोजना भन्नुप¥यो भने मेरा लागि बाढीबाट जोगाएको तटबन्ध भन्छु,’ दाहालले भनिन्, ‘बस्ती जोगिएको छ। पहिला कटान भएको जग्गा आएको छ। तटबन्धसँगै सौन्र्यकरणको कामले हरियाली सहितको पर्यटकीय गन्तव्य बन्नेछ।’ 

कुल ३ अर्ब ९५ करोड ५० लाख ६८ हजार रुपैयाँमा ठेक्का भएको हो। नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहरकुमार साहकाअनुसार अहिलेसम्मको कामको प्राप्तिअनुसार चितवनतर्फको काममा ४०.९९ र नवलपरासीतर्फको काममा १९.०३ प्रतिशत प्रगति भएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहरकुमार साहले निमार्ण कम्पनीलाई ताकेता गरेर निर्माणमा निगरानी गरिरहेको बताए। ‘निर्माण गरिएको कामको प्रभावकारिता र यसले जोगाएको कुरा प्रष्ट देखिन्छ। एउटा प्याकेजमा ६५ बिघा जमिन जोगिएको छ,’ उनले भने, ‘तटबन्धमा नमुनाको काम भएको छ। दीर्घकालीन रूपमा  प्रभावकारी हुने काम गरिएको छ।’

रामघाटदेखि काभ्रेघाट, गाजीपुरदेखि हिरापुर, रामघाटदेखि शिवघाट, गोलाघाटदेखि बलुवासम्म, सिसई–भगडी–बलुवामा तटबन्धको काम भइरहेको छ। नवलपुरमा पाँचवटा प्याकेजमा तटबन्ध निर्माण भइरहेको छ। गैंडाकोटको सिस्ने–पितौंजी खण्ड, कुसुमघाटदेखि थुम्सीसम्म, देवचुली–१७ देखि कावासोतीसम्म काम भइरहेको छ। नारायणी नदीमा तटबन्ध गर्ने आयोजनाको तत्कालीन चितवन क्षेत्र नम्बर ३ का सांसद रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७८ साल चैत १६ गते शिलान्यास गरेका थिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.