कांग्रेस संसदीय दलको बैठक बस्दै, आजको संसद् बैठकमा प्रस्तुत हुने रणनीति तय गर्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै, आजको संसद् बैठकमा प्रस्तुत हुने रणनीति तय गर्ने
फाइल तस्बिर।

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्न पाउनुपर्ने अडान सत्तापक्षले राखेपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।  संसद्को गतिरोध र सहकारी ठगी प्रकरण र आजको संसद् बैठकको रणनीति तय गर्न कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक ८:३० बजे र संसदीय दलको बैठक ९ बजे बोलाइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

गृहमन्त्री लामिछानेमाथि सहकारी अपचलन गरेको आरोप लगाउँदै अध्ययन गर्न संसदीय छानबिन समितिको माग पूरा नभए संसद् अवरोध जारी राख्ने अडान लिएपछि लामिछानेले आफूले संसद्मा बोल्न पाउनुपर्ने माग राखेका छन्। गृहमन्त्री लामिछानेलाई सभामुखले बोल्न समय पनि दिएपनि कांग्रेसले निरन्तर अवरोध गरेपश्चात जवाफ दिन पाएका छैनन्। शुक्रबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको थियो। आजको बैठकमा हिजोको संसद्मा भएको घटनाबारे पनि समीक्षा हुनेछ।

सत्तारूढ दल नेकपा एमालेले आफ्ना संसदीय दलका नेता केपी शर्मा ओलीमाथि भएको दुर्व्यवहारप्रति भर्त्सना गरेको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले बिहीबार ओलीमाथि अपमानजनक व्यवहार देखाएको भन्दै आपत्ति जनाउँदै भर्त्सना गरेका हुन्।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेसले माफी माग्नुपर्ने बताएका छन्। संसद् बैठकपछि माओवादी सांसद सापकोटाले कांग्रेसका उपसभापति धनराज गुरुङले उपसभामुखलाई उठाएर उहाँको आसनमा गएर उभिनु असंसदीय गतिविधि भएको बताए।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सहकारीबाट ऋण लिएको होइन, ठगी गरेको दाबी गरेका छन्।‘सहकारीबाट ऋण लिएका छैनौं भनिराखेका छन् नि। हामीले नि ऋण भनेका छैनौं। ऋण त सहकारीका सदस्यले लिने हो। उनले त सहकारीबाट ठगेका हुन्। सहकारीको रकम निजी कम्पनीमा खर्च गरेका हुन्,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहप्रवक्ता मनीष झाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएकाले अब संसदीय समिति नबन्ने बताए। संसद् बैठकपछि उनले भने,‘अब समिति त्यो बेलामा मात्र बन्छ, जब कांग्रेस आफ्ना पदाधिकारीहरूको फाइल खोल्न तयार हुन्छ।’ उनले कांग्रेस सभापति शेरबहादुर देउवाका श्रीमती र छोराको पनि छानबिन गर्नुपर्ने बताए।

कांग्रेस सांसदमाथि पनि आरोप लाग्न थालेपछि आजको बैठक उक्त विषयले पनि प्रवेश पाउने बताइएको छ।

दलहरुबीच सहमति नहुँदा आजको बैठक पनि नियमित सुचारु हुनेमा आशंका छ। कांग्रेसको गतिविधि असंसदीय भएकाले समग्र सहकारीको समस्या समाधान र कारबाही गर्न समिति बन्ने तर एक व्यक्तिलाई तोकेर संसदीय छानबिन समिति नबाउने एमाले र रास्वपाले अडान लिएका छन्। समग्र सहकारीको समस्या समाधान गर्न प्रधानमन्त्री समेत सकारात्मक छन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.