नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको नयाँ कार्यसमिति सदस्यहरूले लिए शपथ

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको नयाँ कार्यसमिति सदस्यहरूले लिए शपथ
सुन्नुहोस्

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार बानेश्वरस्थित एभरेस्ट होटलमा निर्वाचन अधिकृत गोपाल प्रसाद श्रेष्ठले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्। 

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको अध्यक्षमा अरुण राउत, उपाध्यक्षमा अनुप नेपाल, महासचिवमा संजिता नेपाल, कोशी प्रदेश प्रमुखमा तीर्थ यादव, मधेश प्रदेश प्रमुखमा प्रमोद साह, बागमती प्रदेश प्रमुखमा निशान पौडेल, गण्डकी प्रदेश प्रमुखमा अनिल लामिछाने, लुम्बिनी प्रदेश प्रमुखमा छबिलाल पोखरेल, कर्णाली प्रदेश प्रमुखमा छविलाल आचार्य, सुदूरपश्चिम प्रदेश प्रमुखमा टेक पनेरु, उपत्यका विशेष प्रदेश प्रमुखमा राजन अधिकारी, कोषाध्यक्षमा दिलिप खनालसहित सदस्यहरुमा भरत सुवेदी, नवराज गौतम, सौरव अधिकारी, अनुप अर्याल उपाध्याय, घनश्याम ओली र दृस्टी पौडेल निर्वाचित भएका छन्। मनोनीत सदस्य प्रेम प्रसाद देवकोटा रहेका छन्। 

कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष अरुण राउतले Vibrant and Digital ACAN बनाउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण उम्मेदवारहरूको एजेन्डालाई एकीकृत गरी स्ट्राटेजिक प्लान तथा टाइमबाउन्ड कार्ययोजना बमोजिम उद्देश्य हासिल गर्ने जानकारी गराए। 

सोही सन्दर्भमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था, नेपाल अडिटर्स एशोसिएसन, नेपाल लेखामान बोर्ड, नेपाल परीक्षणमान बोर्ड तथा अन्य नियामक निकाय, पेसागत तथा व्यावसायिक संघ संस्था बीचमा समन्वयकारी कार्यक्रम गरी समग्र आर्थिक तथा लेखा क्षेत्रको विकासमा टेवा पुर्‍याउने समेत प्रतिबद्धता जनाए। 

सोही कार्यक्रमबीच ACAN का सम्पूर्ण सक्रिय सदस्यहरूको ५ लाखसम्मको दुर्घटना तथा मृत्यु बिमा एभरेस्ट हिमालयन जेनेरल इन्स्योरेन्स मार्फत गरिने घोषणा गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.