सहकारी ठगी प्रकरण

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवासहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी रहेको छ। सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु बालुवाटार पुगेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

छलफलमा देउवा,उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र  प्रमुख सचेतक लेखक सहभागी छन्। कांग्रेसका नेताहरुसँग शुक्रबार बेलुका ६ बजे तय भएपनि प्रधानमन्त्री दाहालको दाँतको उपचारका लागि अस्पताल जानुपर्ने भएकाले  बैठक आज बिहानलाई सारिएको कांग्रेसका प्रमुख सचेतक लेखकले बताए।

संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न विभिन्न चरणमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भएपनि निष्कर्षविहीन बनेको छ। आज दिउँसो पुन:सभामुख देवराज घिमिरेले बालुवाटारमा प्रधानमन्त्री  दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सदन खुलाउने विषयमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री ओली र समय व्यवस्थापन भए प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति देउवासँग पनि घिमिरेले छलफल गर्ने छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ। बैठक सुरु हुने बित्तिकै प्रतिपक्षले अवरोध गरेपनि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। त्यसपश्चात गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिए।

कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्। बिहीबारको बैठकमा धकेलाधकेल, सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेटको अवस्थासमेत भएपछि बैठक स्थगित भएको थियो। संसदीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि शुक्रबार बोलाइएको प्रतिनिधि सभा बैठक आइतबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.