उँघेको गोलसिमल

निबन्ध

उँघेको गोलसिमल
सुन्नुहोस्

डाँडापारि क्षितिजमा घाम हतारिएर हाम्फाल्दै थियो। गोधूलि बढ्दै थियो। घाम हतारिँदै थियो गोधूलि बढ्दै थियो।

हरेक प्रकृतिको दुनियाँमा हरेक वर्षको हरेक महिना हरेक दिनका चेहराहरू बिल्कुलै भिन्न पाइन्छन्। कस्तो पार्थक्य यो ? प्रकृतिको हिस्सीप्रतिको साह्रै अनुरागी म मानौं उसको प्रेमी हुँ र ऊ मेरी प्रेमिका।

प्रकृतिको अनुपम सौन्दर्य मेरो स्मृतिको विशाल फाँटबाट कहिल्यै अगोचर र गायब हुन सकेन। सधैं उसको नजरमा नतमस्तक हुन विवश छु। मेरो जिन्दगानी मुफतमा कसैको ऐलानी भूमिचाहिँ अवश्य होइन। 

वर्षाैँवर्ष बितिसकेको थियो। विगतमा पदचिह्नहरू धरौट राखिएका स्थानहरूसँग पुनर्मिलन नभएको एउटा लामो अवधि। बेफुर्सदको कारण वा घरगाउँमा नरहेको कारण। अपितु त्यो वासन्तिक हरियाली वन प्रेमिकाको आँसुको सम्झना दिलाउने मोतीजस्तो स्वच्छ पानी हतारैहतारमा हाम्फालिरहने निर्झर झरना हिमाच्छदित यौवन नागी अनि कहिले पनि आनन्दको तृष्णा नमेटिने जवानीले भरपुर भएको चराचुरुंगीहरूको श्रुतिमधुर पुष्पित रौनकसहितको ध्वनि। 

प्रकृतिको शोभासँग कहिले पुनर्मिलन गर्ने भन्ने मभित्र एक प्रकारको व्यग्रता सल्किरहेको थियो। तिथिमितिको निधो गरेर बाटो लागेँ म पूर्वपरिचित प्रकृतिका संगीहरूसँग वार्तालाप गर्न। निष्पट्ट जंगलको बाटो हिँडिसकेपछि चामत्कारिक झरनामुन्तिर पुगेर अडिएँ।

उसले मलाई प्रश्न ग¥यो – ‘कहिले फर्की आयौं नि यो ?’ ‘धेरै दिन भएकै छैन’ – उसलाई जबाफ दिएँ। 
धेरै माथिबाट परालको भारीजस्तो सफेद पानीका गुजुल्टाहरू हृदयविदारक दृश्य समेटेर तलतिर हाम्फालिरहेका थिए। एउटा सौन्दर्यवती महिलाको पाउजु बजेजस्तो मधुर ध्वनिसँग झरनाको सिलसिलामा नटुटेको आवाज फेलिरहेको थियो। यति लामो उच्छवास पोख्नु किन झरनाले ?
‘तिमीलाई यस्तो कहर काट्दा कुनै पीडाको आत्मा बोध हुँदैन ?’– मैले अधैर्य भएर चासो राखें। ‘मेरो लक्षित गन्तव्य धेरै टाढा छ। मैले क्षण भर हाम्फाल्दा आफैं हर्षविभोर हुन्छु। म भाग्यमानी छु। मैले समुद्रको विशालतटमा गएर मिल्नु छ। म नथाक्ने एउटा साहसिक बटुवा हुँ।’ उसको शालिन उत्तरबाट म चकित भएँ। 

दायाँबायाँको वृक्षहरूलाई ललकार्दै आएको सिनग्ध चिसो हावाले मलाई बेजोडसँग अङ्कमाल गरिरहेको थियो। झरनाबाट दपेटिएका वृक्षहरू बौद्धिष्टहरूको लुंगदरजस्तै हल्लिरहेका थिए। जुन युगान्तकारी दृश्यहरूलाई मैले विस्मृतिको खाडलमा पुरिदिनु अक्षम्य पाप हुन्थ्यो। निकै लामो भलाकुसारीपछि त्यो आभा ननिभ्ने झरनासँग बिदाबारी हुने निश्चय गरें मैले।

नजिकैको गुराँसवृक्षले हामीबीचको संवाद सुनिरहेको थियो। जुन वृक्षमा चढेर कैयन् पटक उसबाट फक्रिएका फूलका थुँगाहरू लुछेको थिएँ। उसको यौवको सिन्दूर लुटेको थिएँ। उसको शारीरिक सबलतामा कुनै कमी देखिएको थिएन। अझ उसमा यौवनको निक्खरपन मौलाउँदै थियो। उतिसलाई पश्चतापको राप सल्काउँदै थियो।  त्यो गुराँसवृक्षमा उजागर भएर आएको यौवनदखि बरु म ईष्र्याले भुतुक्कै भएँ। 
‘तिमी त अचाक्ली नीरमाया रहेछौ नि ?’– एक्कासि उसको प्रश्न ममाथि तेर्सियो। म असमञ्जसको स्थितिमा परेँ। हत्तपत्त मलाई उसलाई जवाफ दिने मेसो फुरेन कञ्चटमा हात राखेर बेस्सरी टोलाएँ म। 

अन्तमा मलाई उत्तर फु¥यो– ‘बेफुर्सदको कारण यथासमयमा हाजिर हुन सकिन। नीरमाया त कहिल्यै भएकै छैन। क्षमा पाउँ।’ ‘किन क्षमायाचनाको कुरा ? अनि मेरो गहना–गुरियाचाहिँ जफत गर्न कहिले आउने नि ? म अब त धेरै कञ्जुस भइसकेको छु। याद राख्नु है !’ मुसुक्क हाँसेर भावविभोर हुँदै ऊ स्तब्ध हुन गई।

विनम्रपूर्वक उसलाई भनें– ‘यो संयोगको मिलनसँगै एउटा अवधिसम्म वियोगको कारुणिक क्षण पनि हो। म तिमीप्रति मेरो प्रेयषीभन्दा पनि ज्यादा कुन्नि किन हो ! निःसर्त समर्पित छु। तिम्रा शृंगारका सामग्रीहरू हस्तान्तरण गरे श्रद्धाले शिर झुकाएर हात थाप्छु।’

मैले यति भनिसकेपछि स्पन्दित उसका कोमल मनहरू अंकुरित भए झैं लाग्यो। वरिपरि उभिएका खस्रु र भोजपत्रका वृक्षहरूमा न्याउली चरीहरू आफ्नो वेदना कहिरहेका थिए। उनीहरूसामु मैले थोरैबेरसम्म भए पनि आफ्नो शिर झुकाएँ। केही संवादको माध्यमद्वारा सम्बन्धको नवीकरण भयो। म आफूमा खुसीको कुनै सिमाना रहेन।

रातभर जागा भएर कर्णमधुर ध्वनि विस्फारित गर्ने गोलसिमल भने देवदारको रुखमा उँघिरहेको थियो तर उसले एक झलक अर्धमुद्रित आँखाले मलाई स्वागत गर्यो‍। म उसको चिरपरिचित अतिथि हुने अवसर प्राप्त गर्दा म स्वयंले आत्मगौरव गरेँ। अर्काेतर्फ अर्घसिल्ली लाटोकोसेरो मलाई ईष्र्याले हेर्दै कटुता व्यक्त गरिरहेको थियो। 

नजिकै एउटा दहमा सङ्लो पानी रुमलिइरहेको थियो। जमानामा पहिले एउटा वयको अवस्था कैयौँ पटक डुबुल्की मारेर त्यस दहमा पौडी खेलेको थिएँ। त्यहाँ सफा पानीमा मैले आफ्नो चेहरा देखाएँ। त्यहाँ समीपमा रहेको सफा चक्लेटी ढुंगामा भात र माछा पस्किएर पेटको किरा पनि मारिएको थियो। त्यस दहको माछाको भोजनको दुर्लभ स्वाद बाँचुञ्जेलसम्म मनस्थिति ताजै रहनेछ म आत्मबोध भएको छ। 

मैले झोलाबाट एक मुठी आहारा निकालेर दहमा हुर्या‍इदिएँ तर माछाहरूको आपत्ति भने अझै भए जस्तो म भान पर्यो।  ‘ए है मित्रहरूको त्यहाँ जान हुन्न हामी आहारा फालिदिने पापिष्टले हाम्रा पुर्खाहरू धेरैलाई स्वाह बनाइदिएको थियो। निर्दाेष र निहत्या हाम्रा पुर्खाहरूको के हविगत भयो ? सबैतिर हल्ला गरौं कि हामी बाँच्न सकौं। यस श्रापित मनुवादेखि होसियार रहौं।’ उनीहरूबीचको कुराकानी सुनेपछि मलाई बडो ताजुब लाग्यो। तिनीहरू मैले फ्याँकिदिएको आहाराको छेउछाउ आउने हिम्मतसम्म गरेनन्। माछाहरू मदेखि नाराज थिए। यस्तै आभास ममा उपज भएको थियो।  मलाई आत्माग्लानी भयो। मैले ती माछाहरू समक्ष मनमनै क्षमायाचना सम्प्रेषण गरें। अवश्य नै तिनीहरूले मेरो अनुनय विनय स्वीकारेर ग्रहण गरेको हुनुपर्छ।  डाँडापारि क्षितिजमा घाम हतारिएर हाम्फाल्दै थियो। गोधूलि बढ्दै थियो। घाम हतारिँदै थियो गोधूलि बढ्दै थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.