प्रहरीले भवन पाउँदा स्थानीय खुसी

प्रहरीले भवन पाउँदा स्थानीय खुसी
सुन्नुहोस्

गुलरिया : बारबर्दिया नगरपालिकाको जयनगर बजारमा इलाका प्रहरी कार्यालयले पक्की भवन बनेपछि स्थानीय खुसी छन्। भवन निर्माणसँगै बजारलगायत केही वडाहरूमा हुने आपराधिक घटनामा न्याय पाउन बानियाभार लगायत बाँसगढी नगरपालिकाको इलाका प्रहरी कार्यालयमा धाउनुपर्ने झमेला अन्त्य हुनेमा स्थानीय ढुक्क छन्।

इलाका प्रहरी कार्यालयको गतिलो भवन नहुँदा पालिकाको न्यायिक समितिले नागरिकको न्यायका लागि धेरै झन्झट व्यहोर्नु परेको बाँसगढी नगरपालिकाकी उपप्रमुख रत्नाकुमारी पाण्डेले बताइन्। 

‘तीन वटा पालिकामा हुने महिला हिंसालगायतका अपराधका घटनामा न्यायका लागि अर्कै पालिका धाउनुपर्ने समस्या छ। 

इलाका प्रहरीको भवन निर्माणसँगै समाधान हुने विश्वास लिएका छौं’, उनले भनिन्, ‘प्रहरी कमान्ड थपेरै भए पनि सेवा बढाउनुपर्छ। पालिकाको मुख्य बजार क्षेत्रमा सशक्त प्रहरीको उपस्थिति अनिवार्य भएकाले पनि सम्बन्धित निकायको त्यसमा ध्यान जानुपर्छ।’ जयनगर बजारमै पालिकाको कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूलगायत विभिन्न कार्यालयहरू भएका कारण मजबुद सुरक्षा चाहिएको उनले बताइन्। 

इलाका प्रहरी कार्यालय जयनगर बर्दियाको हाताभित्र कार्यालय तथा ब्यारेक भवन, भान्सा घर र शौचालय निर्माण गरिएको छ। एमपी कन्स्ट्रक्सन कम्पनी प्रालि नेपालगन्जमार्फत २०७९ असोज १३ गते सम्झौता गरी २०८० चैत्र १३ गते निर्माणकार्य सम्पन्न गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ मा व्यवस्था भएबमोजिमका प्रक्रियाहरू पूरा गरी लुम्बिनी प्रदेश सरकारको सहयोगमा कुल ३ करोड २३ लाख ६७ हजार ८ सय ४ रुपैयाँको लागतमा कार्यालय भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालले बताए। 

कार्यालय भवनको आरसीसी फ्रेम स्ट्रक्चरको अवधारणामा ७ वटा कार्यालय कोठा, ४ वटा कोठा कर्मचारी ब्यारेक, महिला कर्र्मचारीको एट्याचसहितको ब्यारेक तथा हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सञ्चार अफिस र छुट्टै भान्साघर निर्माण भएको छ। 

अहिले सईको कमान्डमा सुरक्षा टिम परिचालन भएको उनले बताए। बजारदेखि केही टाढाको दूरी बानियाभारमा प्रहरी निरीक्षकको कमान्डमा कार्यालय छ। उनले भने, ‘समयले साथ दियो भने जयनगरमै प्रहरी निरीक्षकको कमान्डमा टोली राख्ने व्यवस्था मिलाउँछौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.