बागमतीमा जेठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने

बागमतीमा जेठ १४ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने
फाइल तस्बिर।
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने भएको छ । 

सभामुख भुवनकुमार पाठकका अनुसार जेठ १४ गते बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक हुँदै छ । त्यसका लागि दलहरुबीच सहमति जुटिसकेको उनले बताए ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन सरकारको नीति तथा कार्यक्रमलाई सार्वजनिकरण गर्नुहुने प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । 

त्यस्तै सभामुख पाठकले प्रदेश सभाको आज अपराह्न बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेटको सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताको विषयमा छलफल हुने बताए । 

बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल जारी रहने सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.