गृहमन्त्री लामिछानेले सम्बोधन गरेपछि कांग्रेसले गर्‍यो विरोध, सोमबारसम्म संसद् बैठक स्थगित

गृहमन्त्री लामिछानेले सम्बोधन गरेपछि कांग्रेसले गर्‍यो विरोध, सोमबारसम्म संसद् बैठक स्थगित
तस्बिर : संसद सचिवालय

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधन गरेपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले बैठक अवरोध गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरेपछि कांग्रेस र लोसपाले लामिछानेको भनाई चित्त नबुझेको भन्दै आफ्नो आसनबाट उठेर विरोध गरेको हो। 

null

कांग्रेसले विरोध गर्न उठेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीका सबै विषय हटाएर सोमबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।

बैठकमा लामिछानेले कांग्रेसले यस अगाडि आफूलाई संसदमा बोल्न नदिएर आरोपमा मात्र लगाएको दाबी गरे। उनले संसदीय छानबिन समितिको टीओआर बनाउन गठित समितिमा कांग्रेस विषयभन्दा व्यक्ति केन्द्रित समिति बनाउन उद्दत रहेको बताए।  उनले भने,  ‘ रास्वपा हुँदा सहमति हुन सकेन। टीओआर बनाउने समितिबाट रास्वपालाई हटाएर कस्तो समिति बनाउने हो बनाउनुस्।’ लामिछानेले भने, ‘व्यक्ति केन्द्रित बनाउने कि विषयगत समिति बनाउने हो तपाईंहरु बसेर बनाउनुस्,हामी समितिमा नबसौंला।’

उनले व्यक्ति केन्द्रित नभई विषयमा केन्द्रित भएर सदनमा सरकारले ल्याउने कानुनलाई पारित गरेर सहकारी पीडितलाई सहयोग गर्नसमेत आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.