छानबिन समिति नबनेसम्म सदन चल्दैन, विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्दैन : कांग्रेस

छानबिन समिति नबनेसम्म सदन चल्दैन, विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्दैन : कांग्रेस
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको माग अनुसार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति नबनेसम्म सदन चल्न नदिने दाबी गरेका छन्। 

आइतबार कांग्रेस महामन्त्री थापाले पत्रकार सम्मेलन गर्दै  संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रक्रिया अगाडि नबढ्ने बताएका हुन्। 

उनले सांसद लामिछाने भएर नभई उपप्रधानमन्त्री भएकाले छानबिन गर्न लागिएकाले समिति नबनेसम्म कांग्रेसले संसदको कुनै कार्यसूचीमा प्रवेश गर्न नदिने बताए।

‘जुन उद्देश्यका लागि छानबिन समिति गठनको माग गरिएको हो। त्यो उद्देश्य पूरा नभएसम्म संसदको काम कारबाहि अगाडि बढ्दैन। विश्वासको मत लिने प्रक्रिया पनि अगाडि बढ्दैन।’ उनले भने,‘हामी निर्वाध संसद चलोस् भन्ने चाहन्छौं। हाम्रो माग नाजायज छैन। भोली ११ बजे अगाडि संसदीय छानबिन समिति गठन गरेर सरकार, प्रधानमन्त्री, उपप्रधानमन्त्री आउनुहुन्छ भन्ने विश्वास लिएका छौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.