गुमेको संसार फेरि देख्न पाए जेष्ठ नागरिकले

गुमेको संसार फेरि देख्न पाए जेष्ठ नागरिकले
सुन्नुहोस्

तानसेन : रिब्दीकोटको कुसुमखोला स्वास्थ्य चौकी भित्र एक हातले लौटो टेकेका, छोरा छोरी आफन्तको सहारामा हिँडेका, आँखामा चश्मा लगाएका वृद्ध वृद्धाहरूको भिडभाड थियो।  कोही कुर्सीमा बसेका थिए। कोही लौरो टेक्दै छोरा छोरी तथा आफन्त साथमा स्वास्थ्य चौकीमा आउँदै थिए। जम्मा भएका वृद्ध वृद्धाहरू एक आपसमा गफ गर्दै थिए, ‘अब त फेरि संसार देखिने भयो।’

 
स्वास्थ्य चौकीमा आएका वृद्ध वृद्धाहरू कोही पालो कुर्दै थिए। कोही ब्लड प्रेसर चेक जाँच गर्दै थिए। कोही ल्याब टेस्ट गर्दै थिए। उपस्थित भएका वृद्ध वृद्धाहरू अब फेरि नयाँ जीवन पाइने आसामा खुशी देखिन्थे। पालिका भरीका वृद्ध वृद्धाहरूलाई संसार देखाउने काम गरेको छ पाल्पाको रिब्दीकोट  गाउँपालिकाले। पालिका भित्र मोतियाविन्दु कारण आँखा नदेख्ने सबै नागरिकहरूलाई पालिकाले आँखा देख्ने बनाएको छ। 

गाउँपालिका र नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालको सहकार्यमा  पालिकाभरीका जेष्ठ नागरिकहरूलाई संसार देखाउने काम गरेको हो। गाउँपालिका भरीका सबै वडाका बस्ती बस्ती टोल टोलमा गरी १८ स्थानमा आँखा शिविर सञ्चालन गरेर मोतियाविन्दु रोग लागेका सबै बिरामीहरूलाई  दुई दिने शिविरमार्फत निःशुल्क रुपमा अप्रेसन गरी गुमेको आँखाको ज्योति पुनः फर्काएर संसार देख्ने बनाएको हो। 

‘गाउँपालिकाका जनतालाई हाम्रो साथमा स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउने हो। सोहीअनुसार म बनाउँछु मेरो रिब्दीकोट अभियान अन्तर्गत पाल्पा लायन्स लाकौल आँखा अस्पतालसँग सहकार्यबाट एउटै अभियानमा ५ हजार २ सय भन्दा बढी नागरिकहरूको आँखा जाँच गरेर उनीहरूलाई आवश्यकता अनुसारको उपचार गरेको छौं। १ सय ३९ जनाको निःशुल्क अप्रेसन गरिएको छ,’ पालिका अध्यक्ष नारायणबहादुर कार्कीले भने। 

पालिकाले आँखा अप्रेशन गर्ने जेष्ठ नागरिक तथा बिरामी कुरुवालाई घर घरबाट ल्याउने लैजाने, खान बस्नको व्यवस्था गरेको र छुटेका अप्रेसन गर्नुपर्ने आँखा बिरामीहरूलाई तानसेन तथा भैरहवा पठाउने जातव्यबस्था समेत रहेको पालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन्। 

‘जनहितका लागि पालिकाको यो निकै महत्वपूर्ण काम हो। आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्छ भनी संविधानको मुल भावना अनुसार एकै पटक पालिका भरीका ५२ सय व्यक्तिले आँखाको उपचार सेवा पाएका हुन्। यो अभियानले नागरिकहरूलाई स्थानीय सरकार भएको अनुभूति भएको छ। आगामी वर्ष पनि जनतालाई प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौं’,  प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले भने। 

१३९ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए। अप्रेसन गरेका सबै नागरिकलाई ब्लाङ्‍केट समेत प्रदान गरिएको शाखा प्रमुख अधिकारीले बताए। नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालका व्यवस्थापक सन्तोष दर्जीले आँखाको शल्यक्रिया गरेपछि नियमित हेरचाह तथा नियमित आई ड्रप लगाउने, धूलो धुवाँमा नजाने जस्ता काम गरेमा लामो समयसम्म आँखा देख्न सकिने बताए। 

‘मलाई २ वर्षअघि नै मोतियाविन्दु भएको थियो। गाउँपालिकाले वडामै आँखा शिविर राख्यो। आँखा जचाएँ। गाउँपालिकाले निःशुल्क अप्रेसन गरिदिएकाले अब दुवै आँखाले देख्ने भएको छु,’ रिब्दीकोट गाउँपालिका-२ लघुवाकी विष्णु कुमारी नेपालले भनिन्।  लघुवाकै केशवराज नेपालले पनि निःशुल्क रुपमा मोतियाविन्दुको अप्रेशन गरी आँखा देख्ने भएकोमा जीवनमा धेरै खुशी थपिएको बताए। 

गाउँपालिकाले निकै राम्रो अभियान चलाएको  कुसुमखोलाका मेघराज आचार्यले बताए। म बनाउँछु मेरो रिब्दीकोट अन्तर्गत नवयुवा बचत समूह खस्यौलीले शल्यक्रियाका लागि आएका बिरामी, आफन्त तथा कुरुवा, चिकित्सक, नर्सहरूको सहयोगका लागि निःशुल्क रुपमा खानेपानी, जुस खाजा, खानाको व्यवस्थापन गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.