हिमाल केन्द्रीत विज्ञ संवाद हुँदै

हिमाल केन्द्रीत विज्ञ संवाद हुँदै
सुन्नुहोस्

काठमाडौं : हिमाल, जनता र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद हुने भएको छ। नेपाल सरकारले बुधबार र बिहीबार काठमाडौंको चन्द्रागिरी हिलमा अन्तर्राष्ट्रिय विज्ञ संवाद सम्मेलनको आयोजना गर्दैछ। 

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्‍घाटन गर्ने कार्यक्रम रहेको छ। २८औं कोप सम्मेलनमा उठाइएको ‘कसले हामिलाई क्लाइमेट क्राइसिसबाट बचाउँछ?’ भन्ने साइड इभेन्ट संवादको नेतृत्व गर्दै काठमाडौंमा संवादको आयोजना गर्न लागिएको हो। प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन ऑन क्लाइमेट चेन्ज (यूएनएफसीसीसी)  वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई बढावा दिँदै जलवायु परिवर्तनको बारेमा आवाज उठाउने घोषणा गरेका थिए। 

नेपालले संयुक्त राष्ट्र संघको सम्मेलनमा संरक्षण र जलवायु परिवर्तनका लागि निरन्तर वकालत गर्दै आएको छ। सम्मेलनमा यूएनएफसीसीसी अन्तर्गतको एसबीएसटीएका अध्यक्ष, बंगलादेश तथा भुटानका मन्त्रीहरू, किर्गिज गणतन्त्रका विशेष राजदूतको उपथितिति रहनेछ। 

त्यसैगरी पर्वत साझेदारीका प्रतिनिधि, विकास साझेदारहरू, उच्च स्तरका कर्मचारीहरू कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रममा जलवायु परिवर्तन, हिमाली र सामुद्रिक समस्यामा व्यापकरूपमा काम गरिरहेका २५ भन्दा बढी देशका २०० भन्दा बढी सहभागीहरू सहभागी हुनेछन्। 

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुदीले हिमाली समस्यालाई विश्वव्यापी जलवायु वार्ताको रूपमा अगाडि बढाउन विभिन्न पक्षसँग सहकार्य गर्न तयार रहेको बताए। उनले थपे, ‘यो सम्मेलन पहाड, मानिस र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादको 'कॉल अफ द माउन्टेनः कसले हामीलाई जलवायु संकटबाट बचाउँछ?' शीर्षकको उच्चस्तरीय साइड इभेन्टको फलोअप हो।’

वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको हिमालसम्बन्धी विज्ञ वार्ता अघि नेपाल सरकारका लागि हिमाल र त्यसभन्दा बाहिरका विषयमा विश्वभरका सहभागी र प्रतिष्ठित व्यक्तिसँग छलफल गर्ने अवसर भएको बताए। 

अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा तीनवटा विषयवस्तुहरूअन्तर्गत १० सत्रहरू हुनेछन्। जसमा जलवायु विज्ञान र पर्वतीय प्रमाणहरू, पर्वतीय समाधानहरूः साझा आधारहरू र साझा समझ र पर्वतीय सम्भाव्यताः स्रोतहरू र अवसरहरू रहेका छन्। 

प्रत्येक सत्रमा मुख्य वक्ता, प्रस्तुति र प्यानल छलफल हुनेछ र ५० भन्दा बढी विश्वव्यापी वक्ताहरूले छलफल गर्नेछन्। यस संवादबाट अध्यक्षको सारांश तयार गरी नेपालमा उपस्थित हुने एसबीएसटीएका अध्यक्ष ह्यारी भरुल्सलाई हस्तान्तरण गरिनेछ। विज्ञ संवादको नेतृत्व जलवायु परिवर्तन व्यवस्थापन महाशाखा, वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनका विषयमा काम गर्ने विभिन्न साझेदारहरूको सहयोगमा गरिरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.