नुवाकोटको केउरेनीमा एक घर एक धारा
नुवाकोट : नुवाकोटको केउरेनीमा एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको छ। विदुर नगरपालिका-८ मा केउरेनी बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत एक घर एक धारा कार्यक्रमको सुरुवात गरिएको छ। मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटीलगायतले सो कार्यक्रमको उद्घाटन गरे।
सबै नगरबासीको घरमा स्वच्छ पिउने पानी पुर्याउने नगरपालिकाको लक्ष्यलाई पूरा गराउन बनाइएको धाराको उद्घाटन गरिएको हो। यसका साथै स्थानीय ८१ घर परिवारलाई फिल्टर वितरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
४