सडक सञ्जाल विस्तारले फेरिँदै हेटौंडाको मुहार

सडक सञ्जाल विस्तारले फेरिँदै हेटौंडाको मुहार
सुन्नुहोस्

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई सहज यातायात सुविधाका लागि सडक पूर्वाधारमा लगानी गरेको छ। उपमहानगर बन्ने क्रममा गाभिएका तत्कालीन पाँच गाउँपालिकालाई लक्षित गर्दै सडक निर्माणमा लगानी गरेको हो। 

उपमहानगरमा पछि जोडिएका हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बसामाडीका नगरवासीलाई सहज सडक सञ्जालसँग जोड्नका लागि आर्थिक वर्ष २०७७ सालदेखि २०८२ सम्म २ सय ४८.५४ किलोमिटर सडक निर्माण गरेको हो।

उपमहानगरमा जोडिएका पालिकामा भएका कच्ची सडकलाई स्तरोन्नति गर्दै पछि कंक्रिट (स्ल्याब) ढलान गरेर जनतालाई सहज यातायात सेवा पुर्‍याउने काम गरेको योजना कार्यान्वयन शाखाले जनाएको छ। शाखाको तथ्यांकअनुसार २०७७/०७८ मा ४१.७१, २०७८/०७९ मा ५२.७१, २०७९/०८० मा ७३.१९, २०८०/०८१ मा ५६.२८ र २०८१/०८२ मा २५ किलोमिटर सडकमा कंक्रिट ढलान गरिएको छ।

त्यस्तै, उपमहानगर क्षेत्रमा पाँच वर्षको अवधिमा ७.९७ किलोमिटर सडक कालोपत्रे गरिएको शाखाले जनाएको छ। तथ्यांकअनुसार २०७७/०७८ मा १.५, २०७८/०७९ मा १.५, २०७९/०८० मा २.२५, २०८०/०८१ मा २.२५ र २०८१/०८२ मा ४७ मिटर सडक कालोपत्रे गरिएको छ। 

शाखाका अनुसार पाँच वर्षको अवधिमा ५.८८ किलोमिटर ट्रयाक खोलिएको छ भने १३ वटा कल्भर्ट निर्माण र ११.१० किलोमिटर ग्राभेल गरिएको छ। पाँच वर्षको अवधिमा ४४ वटा खानेपानी, १ सय ४१ शैक्षिक, ४८ पर्यटन, १ सय १५ स्वास्थ्य र २५ वटा पूर्वाधार निर्माण भएको छ। त्यस्तै, गुम्बा ७९, मन्दिर २ सय ७२, तटबन्धन ६१, सिँचाइ १९, शौचालय ४५, सामुदायिक भवन ६३ वटा निर्माण गरिएको शाखा प्रमुख किरण थापाले जानकारी दिए।

उपमहानगरले पानीको निकासका लागि पाँच वर्षको अवधिमा ४५ वटा ढल तथा नाला निर्माण गरेको छ। उपमहानगरलाई व्यवस्थित र सुदृढ बनाउनका लागि समग्र विकासको क्षेत्रमा काम गरिरहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन्। 

जनशक्ति पर्याप्त रहे पनि पूर्वाधारको अभावका कारण स्वास्थ्य र शिक्षामा समस्या रहेको गुनासोलाई टार्ने काममा प्रयत्नशील रहेको उनले बताइन्। अहिले नगरमा खानेपानीको व्यवस्थापनका लागि उपमहानगर आफैं र सहलगानीमा पूर्वाधार विकासको काम गरिरहेको नगर प्रमुख लामाले बताइन्।

सडक निर्माणमा कालोपत्रेभन्दा कंक्रिट सडकमा नगरले जोड दिएको उनले बताइन्। भौगोलिक बनावटका कारण उपमहानगरले स्ल्याब ढलानलाई प्राथमिकता राखेको उनको भनाइ थियो। सडक सञ्जालदेखि समग्र रूपमा नगरको पूर्वाधार विकासका काम गरिरहेको नगर प्रमुख लामाले बताइन्। उनले भनिन्, ‘व्यवस्थित र सुन्दर सहर बनाउनका लागि प्रयत्नशील रहेका छौँ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.