२ हजार घरधुरीमा एक घर एक धारा बन्ने

२ हजार घरधुरीमा एक घर एक धारा बन्ने

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका झन्डै २ हजार घरधुरीमा एक घर एक धारा निर्माण गर्ने गरी बृहत् खानेपानी अयोजनाको काम अगाडि बढेको छ । अर्घाखाँचीकै नमुना योजनाका रूपमा रहेकोे हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजनाको निर्माणको कार्य तीव्र गतिमा बढेको हो । 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले निर्माण कार्य तीव्र बनाएपछि छत्रदेव गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ अर्थात् साविक चिदीका, बल्कोट, केरुंगा र छत्रगञ्ज गाविसका झन्डै ९ हजार स्थानीय लाभान्वित हुने खानेपानी तथा ढल ब्यबस्थापन आयोजनाका इन्जिनीयर सुदीप ज्ञवालीले बताए । 

खानेपानीको अत्यन्तै समस्या रहेको यस स्थानका मानिस एक गाग्री पानी ल्याउन घण्टौं लगाएर पँधेरोमा धाउनुपर्ने बाध्यता छ । सुख्खाग्रस्त क्षेत्रका रूपमा रहेको छत्रदेव गाउँपालिकामा खानेपानी आयोजना सम्पन्न भएपछि खानेपानीको कुनै समस्या नहुने आयोजना उपभोक्ता समितिका अध्यक्ष शोभाखर खनालले बताए । 

छत्रदेव गाउँपालिकाको पूर्वमा रहेको चिदीका देखि छत्रगञ्जसम्मका ५ वटा वडाका झन्डै २ हजारभन्दा बढी घरपरिवार लाभान्वित हुने कार्यालयका नायव सुब्बा कृष्ण बर्माले बताए । यो बृहत् पम्पिङ खानेपानी योजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको अर्घाखाँचीबाट निर्माण कार्य अगाडि बढीरहेको छ । ३० करोड २२ लाखको लागतमा खानेपानी योजनाको ठेक्का सम्झौता भएको र सोही अनुसार सागर विडारी निर्माण सेवाले निर्माण कार्य अगाडि बढाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सुदीप ज्ञवालीले बताए । 

२०७९।१२।१ गते ठेक्का सम्झौता भएको यो योजना २०८१।११।३० गतेसम्म सम्पन्न गर्ने गरी निर्माण व्यवसायीले काम गरिरहेको छ । योजना निर्माण सुरु भएको १३ महिनाको अवधिमा झण्डै ५० प्रतिशत भौतिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख इन्जिनीयर किरण आचार्यले बताए । वित्तीय प्रगति ४२ प्रतिशत भइसकेको उनको भनाइ छ । २ स्टेज पम्पिङ रहेको यो योजनामा कलेक्टर वेलबाट माथि ट्रिटमेन्ट प्लान्टमा पहिलो पम्पिङ गर्ने र त्यस स्थानमा पानी प्रशोधित भइसकेपछि मौलीपोखराको ६० घन मिटरको ट्यांकीमा पानी जान्छ । मौलीपोखराको ट्यांकीबाट सिधैं कोटमा रहेको १ सय २० घन मिटरको ट्यांकीमा पानी खसालेपछि त्यहाँँबाट ५ वटा वडाका विभिन्न स्थानमा बनेका टं्याकीमा पानी लैजाने गरी काम अगाडि बढेको इन्जिनीयर सुदीप ज्ञवालीको भनाइ छ । 

खानेपानी आयोजना मार्फत झन्डै २ हजार घरधुरीमा एक घर एक धारा बन्ने भएपछि सबै उपभोक्ताहरू खुशी भएका हाडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्त समितिका सचिव नारायण प्रसाद खनालले बताए ।

विगत लामो समयदेखि डीपीआर भएर काम अगाडि बढ्न नसकेको आयोजना निर्माण सुरु भएर झण्डै ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएपछि सबै उपभोक्ताहरू खुशी भएका हुन् । जिल्लाकै गौरवको योजनाका रूपमा रहेको यो योजना सम्पन्न भएपछि बिहानै उठेर घण्टौं लगाएर पँधेरोबाट पानी ल्याउने बाध्यता पनि हट्ने भएपछि सबै उपभोक्ता खुशी भएका उपभोक्ता समितिका उपाध्यक्ष हरिप्रसाद खनालको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.