झापामा ब्राउन सुगरसहित चार जना पक्राउ

झापामा ब्राउन सुगरसहित चार जना पक्राउ
सुन्नुहोस्

झापा : झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। मेचीनगरबाट तीन पुरुष र कचनकवलबाट एक महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  

मेचीनगर-६ पुरानो मेची पुल हुँदै भारतको पानीट्यांकीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका-५ का २६ वर्षीय समीर मगर र उर्लाबारी-२ का २७ वर्षीय सुजन कार्कीलाई ब्राउन सुगरसहित मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 

इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट १२ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो। त्यस्तै मेचीनगर-६ पुरानो मेची पुल हुँदै भारतको पानीट्यांकीबाट सिटी सफारीमा आउँदै गरेको दमक-९ का २७ वर्षीय आशिष खडरियालाई ५ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको छ। 

त्यसैगरी कचनकवल गाउँपालिका-४ स्थित सुनकोसी चिया बगानमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको टोलीले सोही ठाउँका ३६ वर्षीया अलिसा शेखलाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। 

प्रहरीले उनको साथबाट प्लास्टिकमा पोका पारी बोकेको २ पोकामा ४० ग्राम ८४० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.