त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा खाल्डो देखियो, जहाजहरू आकाशमै 'होल्ड'
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा खाल्डो देखिएपछि सबै विमानहरू होल्ड भएका छन्। त्रिअवि नागरिक उड्डयन कार्यालयका प्रवक्ता सुवास झाका अनुसार रन वे -०२ को जमिन चर्किएपछि(क्रयाक) आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन्।
थाइ र मलेसियन एयरलाइन्सका जहाजहरू सिमराको आकाशमै होल्ड भएका छन्। अहिले प्राविधिकहरूले उक्त खाल्डोको निरीक्षण गरिरहेका छन्।