नेपालमा कोरोनाको नयाँ भेरियन्ट 'केपी.१' र केपी.२' पुष्टि
काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट 'केपी.१' र 'केपी.२' पुष्टि भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना पोजिटिभ भएका ४० नमूनाको जीन सिक्वीन्सिङ गर्दा 'केपी.१ र केपी.२ भाइरस भएको पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
उक्त भेरियन्ट सिंगापुर,अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको मन्त्रालयले जनाएको छ। तर, यो भेरियन्ट घातक नभएको जनाइएको छ।