भारतले अर्को पुस्ताको आणविक इन्धन पाउने छ : रुस

भारतले अर्को पुस्ताको आणविक इन्धन पाउने छ : रुस
सुन्नुहोस्

रुसी राज्य आणविक निगम–रोसाटोमका प्रमुख एलेक्सी लिखाचेभले भारतले यो गर्मीमा अर्को पुस्ताको आणविक इन्धन प्राप्त गर्ने बताएका छन्। रुसी टुडे (आरटी) का अनुसार उनले भारतलाई आणविक क्षेत्रमा प्रमुख साझेदार रहेको बताएका छन्।

आणविक ऊर्जा आयोगका अध्यक्ष अजीतकुमार मोहन्तीलाई बिहीबार रुसको साइबेरियाको टम्स्क क्षेत्रमा रुसी आणवकि प्रमुख लिखाचेभले स्वागत गरे। 

आरटी–इन्डियाको रिपोर्टअनुसार रुसी आणविक प्रमुखले मोहन्तीलाई इतिहासमा सबैभन्दा सुरक्षित आणविक भट्टीको आयोजना गर्ने चौथो पुस्ताको साइट देखाए। यसका साथै रोसाटोमका प्रमुख लिखाचेभले भारतलाई आणविक क्षेत्रमा प्रमुख साझेदार भन्दै दुवै मुलुकबीचको सहकार्यको प्रशंसा गरे। 

यसअघि बिहीबार मोहन्ती र रोसाटोम प्रमुख लिखाचेभले टम्स्क क्षेत्रको सेभर्स्कमा भेटवार्ता गरेका थिए। 

रोसाटोमले जारी गरेको विज्ञप्तिअनुसार रुसी र भारतीय आणविक उद्योगका नेताहरूले ‘प्रोरिभ’ (द ब्रेकथ्रु) रणनीतिक उद्योग परियोजनाको एक भागका रूपमा टम्स्क क्षेत्रको सेभेर्स्कमा निर्माणाधीन पाइलट प्रदर्शन ऊर्जा परिसर (पिडिइसी) स्थलको भ्रमण गरेका छन् । 

संयुक्त भ्रमणका क्रममा आणविक क्षेत्रमा रुस–भारत सहयोगका सम्भावित क्षेत्रहरूमा पनि विस्तुत छलफल भएको छ । 

'हामी शान्तिपूर्ण उद्देश्यका लागि आणविक ऊर्जाको प्रयोग क्षेत्रमा भारतसँग सहयोगको गम्भीर विस्तारका लागि तयार छौँ, भारतमा नयाँ साइटमा रुसी–डिजाइन डिजाइन गरिएको उच्च क्षमताको आणविक ऊर्जा एकाइहरूको क्रमिक निर्माण र कार्यान्वयन समावेश छ', लिखाचेभले भने।

आणविक ऊर्जा आयोगका अध्यक्ष मोहन्ती रुसका लागि भारतीय राजदूत विनय कुमारसँग रुसको टम्स्क क्षेत्रको भ्रमणमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.