युक्रेनलाई २७ करोड ५० ला डलर सहयोग गर्ने अमेरिकाको घोषणा

युक्रेनलाई २७ करोड ५० ला डलर सहयोग गर्ने अमेरिकाको घोषणा
सुन्नुहोस्

काठमाडौं : संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोरोर्‍याएका छन्। उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै मस्कोको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भने, 'आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ। रुसको आक्रामकता विरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौं।'

उनले २७ करोड ५० लाख मिलियन अमेरिकी डलरको प्याकेज युक्रेनलाई खार्किभ नजिकै रुसको आक्रमणलाई रोक्न मद्दत गर्ने आफूहरूको प्रयास रहेको बताए। 'राष्ट्रपति बाइडेनले स्पष्ट गरिसक्नुभएको छ, संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय गठबन्धन युक्रेनको स्वतन्त्रताको रक्षामा युक्रेनको साथमा रहनेछ,' उनले भने।

सन् २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो। रसियासँग चलिरहेको युद्धबीच कियभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा एन्टनी ब्लिन्केनले युक्रेनको आकस्मिक भ्रमणमा गृका थिए। फेब्रअरी २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएपछि उनले चौथो पटक अघोषित भ्रमण गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.