प्लाष्टिक सर्जरीमा फड्को मार्दै इन्द्रप्रस्थ अपोलो अस्पताल

प्लाष्टिक सर्जरीमा फड्को मार्दै इन्द्रप्रस्थ अपोलो अस्पताल
सुन्नुहोस्

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीस्थित प्रसिद्ध अस्पताल इन्द्रप्रस्थ एपोलो अस्पतालले प्लाष्टिक सर्जरीसँग सम्बन्धित प्रविधिमा भएको उल्लेखनीय प्रगतिबारे जानकारी गराएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भारतमा बढ्दो आम्दानी र प्लाष्टिक सर्जरीप्रति बढ्दो जागरणका कारण कस्मेटिक र सौन्दर्य प्रक्रियाहरुमा देखिएका सम्भावना र अस्पतालले यस क्षेत्रमा गरेका उपलब्धीहरूका बारेमा जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा प्लाष्टिक, कस्मेटिक र रिकन्स्ट्रटिभ सर्जरीका बरिष्ठ सल्लाहकार डा.कुलदिप सिंहले यस क्षेत्रका विभिन्न पक्षहरूबारे प्रकाश पारेका थिए।  उनले इन्द्रप्रस्थ एपोलो जस्ता प्रतिष्ठित संस्थामा दक्ष विशेषज्ञहरूको बढ्दो माग पूरा गर्न दक्षका लागि अस्पतालले सञ्चालन गरेका विभिन्न प्रशिक्षणसँग सम्बन्धित पहलहरूको बारेमा जानकारी गराएका थिए। 

बढ्दो माग र पहुँचसँगै डाक्टरहरूको नैतिक,योग्यता केन्द्रित तालिमसँगै उच्च गुणस्तरको उपचार प्रविधि उपलब्ध गराउन अस्पताल तयार रहेको प्रष्ट पारे। यसका साथै उनले प्लाष्टिक सर्जरीमा सो अस्पतालले हाँसिल गरेका उपलब्धीहरूबारे समेत विस्तृतमा जानकारी दिए।

डा. सिंहले विगत एक वर्षदेखि इन्द्रप्रस्थ एपोलो अस्पतालले कस्मेटिक र प्लाष्टिक सर्जरीका केही चुनौतिपूर्ण केसहरुको सामना गरेको जिकिर गरे। ‘बिरामीलाई सौन्दर्य र सौन्दर्य प्रक्रियामा सबैभन्दा उन्नत र न्यूनत्तम इनबेसिभ प्रविधिहरूमा पहुँच प्रदान गर्न पाउँदा हामी एकदमै खुसी छौं। । चाहे हल्का टच अप होस वा परिवर्तनकारी काम, हामी नवीनतम प्रविधि प्रयोग गरेर हरेक कार्यमा नैतिक,सुरक्षा केन्द्रित दृष्ट्रिकोण लागू गर्छौं। हाम्रो उद्देश्य सर्जिकल प्रक्रियामात्र पूरा गर्नु होइन,बिरामीमा पूर्णरुपमा आत्मविश्वास सिर्जना गर्नु पनि हो । हामी उनीहरुलाई आवश्यक सहयोग,मार्गनिर्देश र आवश्यक सूचना प्रदान गछौं जसका कारण उनीहरुलाई सूसुचित निर्णय गर्न सहयोग गरोस् र यसबाट एकदमै अपवाद र नयाँ नतिजाहरू आउन,'डा. सिहंले भने,'बिरामीको सवलीकरणलाई प्राथमिकता दिँदै र उनीहरुको जीवनका सबै पक्षमा अगाडि बढ्न प्रेरित गर्छौं ।’ 

इन्द्रप्रस्थ अपोलो अस्पताल,भारतको पहिलो जेसीआई मान्यता प्राप्त अस्पताल हो । यो दिल्ली सरकार र एपोलो अस्पताल इन्टरपाइज लिमिटेडको संयुक्त हो । सन् १९९६ मा स्थापना भएको सो अस्पताल अपोलो हस्पीटल ग्रुपले स्थापना गरेको तेस्रो सुपर स्पेशालिटी केयर अस्पताल हो ।  १५ एकडमा फैलिएको सो अस्तपालमा ३०० भन्दा बढी विशेषज्ञ, ७०० भन्दा बढी अपरेशन वेड, १९ अपरेसन थिएटर, १३८ आइसियु वेड,चौबिसै घन्टा फार्मेसी र एनएविएल मान्यता प्राप्त प्रयोगशाला, २४ सै घन्टा आपतकालीन सेवा र एक सक्रिय एयर एम्बुलेन्ससहित अन्य ५७ विशेषता रहेको अस्पतालले जनाएको छ।

अपस्तालले किड्नी र कलेजो प्रत्यारोपणमा विभिन्न अग्रणी कार्यक्रमहरु अगाडि सारेको छ । भारतमा पहिलो सफल बालरोग र वयस्क कलेजो प्रत्यारोपण इन्द्रप्रस्थ अस्पतालमा गरिएको हो।  चिकित्सा प्रविधि र विशेषज्ञताको हिसाबले यो भारतकै अग्रणी स्थानमा रहेको छ । अस्पतालले एकदमै नयाँ प्रविधिहरू भित्रयाएको छ 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.