अत्यधिक गर्मी बढेपछि वीरन्ज महानगरका विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मी बढेपछि वीरन्ज महानगरका विद्यालय तीन दिन बन्द
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : तराई-मधेसमा केहि दिनयता गर्मी अत्यधिक बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेष्ठ १६ गतेदेखि जेष्ठ १८ गते शुक्रबारसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार मेयर राजेशमान सिंहको उपस्थितिमा बसेको महानगरको शिक्षा समितिको बैठकले बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको समितिका संयोजक ईश्वरचन्द यादवले जानकारी दिए । मंगलबार जेष्ठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले बुधबारदेखि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए।

गर्मी अत्याधिक बढेर विद्यार्थी कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकले विद्यालयमा गर्मीको विदा दिनुपर्ने भन्दै सामाजिक सन्जालमार्फत आवाज उठाउँदै आइरहेका थिए । 

पर्सा ,बारालगायत मध्यतराईका जिल्लामा पछिल्लो दुई सातायता गर्मी अत्याधिक बढिरहेको छ । आइतबार वीरगन्ज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.