मुगुमा यार्सा गुम्बा संकलन गर्न गएको मौका छोपेर लुटपाट, ४ जना घाइते

मुगुमा यार्सा गुम्बा संकलन गर्न गएको मौका छोपेर लुटपाट, ४ जना घाइते
सुन्नुहोस्

मुगु : मुगुम कार्मारोङ गाउँपालिका-१ डोल्पु गाउँका स्थानीयहरू यार्सा सकंलन गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका छन्। उक्त समूहले दुईवटा आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै शनिबार बेलुका ५ बजे स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेका हुन्।

समूहले गाउँमा रहेका ५८ मध्ये २३ घरमा वृद्धवृद्धा र बालबालिकालाई हतियार देखाउँदै लुटपाट गरी भागेको  गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए। अध्यक्ष लामाका अनुसार गाउँमा रहेका गुम्बाका पुजारीलाई कुटपिट गरेका थिए।
    

समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्दा डोल्पु गाउँका ५३ वर्षीय दोर्जे तामाङ सोही गाउँकै २६ वर्षीया टोमा छोईङ तामाङ १८ वर्षीया शान्ति तामाङ र १७ वर्षीय पेमा दोर्जे तामाङ घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भए पनि सञ्चार सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

घटना शनिबार बेलुकी ५ बजेतिर भए पनि सञ्चार सम्पर्क नभएका कारण आइतबार बिहान मात्र प्रहरीले सूचना पाएको हो। सूचना पाए पछि पुलु प्रहरी चौकीबाट प्रहरी आइतबार बेलुका घटनास्थलमा पुगेको हो। सीमा प्रहरी चौकी मुगुबाट पनि  प्रहरी त्यहाँ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.