बागमती प्रदेश सभा सचिवालय जलमग्न
![बागमती प्रदेश सभा सचिवालय जलमग्न](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_wYfKjUyyhe_cGkzq8NbxL.jpg)
हेटौंडा : सोमबार दिउँसोको वर्षाका कारण हेटौंडास्थित बागमती प्रदेश सभा सचिवालय जलमग्न भएको छ। प्रदेश सभा भवनमा ढल निकासको प्रबन्ध नहुँदा सचिवालय बाहिर र परिसरभित्रै पानी जमेर तलाउ जस्तै भएको छ।
आजै दिउँसो ३ बजेका लागि बागमतीको प्रदेश सभाको बैठक आह्वान गरिएको थियो। बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। वर्षाका कारण पानी जमेपछि बैठक बस्न समस्या भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)