पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट, जनकपुरलाई 'वेडिङ' र लुम्बिनीलाई 'बर्थिङ' हब बनाइने

पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट, जनकपुरलाई 'वेडिङ' र लुम्बिनीलाई 'बर्थिङ' हब बनाइने
सुन्नुहोस्

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए।

उनले नेपालमा वैवाहिक डेस्टिनेशन निर्माणका लागि जनकपुरलाई वेडिङ हब र लुम्बिनीलाई बर्थिङ हब बनाइने घोषणा गरे। 

त्यस्तै चुरेदेखि हिमालसम्मका प्रमुख पर्यटकीय गन्तव्यमा इकोहिल स्टेशन निर्माण गरिने उनले बताए। त्यस्तै ग्रेट हिमालयन ट्रेल, मुन्दुम ट्रेल, गुरिल्ला ट्रेललगायतका पूर्वाधार निर्माण गरिने अर्थमन्त्री पुनको भनाइ छ।

त्यतिमात्र होइन, पर्यटकीय क्षेत्रमा हुने जोखिम न्यूनीकरणका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्ने बताए। त्यस्तै मे २९ लाई सगरमाथा दिवस मनाइने र नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा लाग्ने स्वदेशी तथा विदेशी नागरिकलाई सम्मान गर्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.