क्रिकेट रंगशालाका लागि १ अर्ब ३० करोड बजेट
काठमाडौं : सरकारले क्रिकेट रंगशाला निर्माण र स्तरोनतिका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै मूलपानी क्रिकेट रंगशाला र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको योजनामा राखिएको बताए।
त्यस्तै कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोनति र फाप्ला क्रिकेट रंगशालाको निर्माणलाई तीव्रता दिइने उनले बताए।