नुवाकोटको  तारकेश्वरमा साताको एकदिन विद्यालयमा मौलिक पहिचानसहितको पोशाक लगाउनुपर्ने

नुवाकोटको  तारकेश्वरमा साताको एकदिन विद्यालयमा मौलिक पहिचानसहितको पोशाक लगाउनुपर्ने
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको  तारकेश्वर गाउँपालिकाले विद्यालयमा मौलिक पहिचानसहितको पोशाक लगाउनु पर्ने निर्णय गरेको छ । साताको एक दिन अर्थात प्रत्येक  बुधबार जातीय मौलिक पहिचान झल्किने पोसाक लगाउनुपर्ने गापाको निर्णयलाई विद्यालयहरुले कार्यान्वयन गरेका छन् ।

विद्यालयका शिक्षक, कर्मचारी, विद्यालय नर्स र विद्यार्थीले प्रत्येक साताको बुधबार आ–आफ्नो जातीय पहिचान अनुसारको पोसाक लगाउन सुरु गरेका गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बताए । अध्यक्ष अधिकारीका अनुसार सबै  जातजातिको पहिचान र संस्कृतिको संरक्षणका लागि गाउँपालिकाले अभियानका रुपमा परम्परागत जातीय पोसाकको संरक्षणअन्तर्गत सातामा एक दिन बुधबार जातीय पहिचानसहितको पोसाक अनिवार्य गरिएको छ ।

'जातीय पहिचानमा सजिएर विद्यालय जान पाउँदा विद्यार्थीहरु उत्साहित देखिएका छन्,' अध्यक्ष अधिकारीले अगाडि भने, 'मौलिक पोसाक लगाउन पाएसँगै विद्यार्थीमा विद्यालय र अध्ययनप्रतिको आकर्षण र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ ।'

गाउँपालिका शिक्षा समितिको बैठकको निर्णय र गत चैत ५ मा बसेको पालिकाभित्रका प्रधानाध्यापकहरुको संयुक्त बैठकले जातीय पहिचानसहितको मौलिक पोसाकलाई कार्यान्वयन गर्ने सहमति जनाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.