सत्तामा बस्ने अनि प्रतिपक्षसँग साइनो सम्बन्ध देखाइरहने माधव नेपालको दोहोरो भूमिका ठिक छैन : मन्त्री भण्डारी

सत्तामा बस्ने अनि प्रतिपक्षसँग साइनो सम्बन्ध देखाइरहने माधव नेपालको दोहोरो भूमिका ठिक छैन : मन्त्री भण्डारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

कैलाली : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दोहोरो भूमिका देखाइरहेको आरोप लगाएका छन् । प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले नेपालले सत्ता रहेर पनि कहिले काङ्ग्रेससँग त कहिले कसैसँग छलफल गरिरहेको भन्दै दोहोरो भूमिका स्वयम् नेपाललाई नै फाइदा नहुने तर्क गरे।

‘सत्तामा बसिरहने तर प्रतिपक्षसँग छलफल गर्ने दोहोरो भूमिकाले स्वयम उहाँलाई नै क्षति पुराइरहेको छ । उहाँको पार्टी,उहाँको विचार र उहाँका अस्थिरताले यो खालका सङ्कटहरू धेरै लामो रहँदैन । त्यसले चाँडै निकास पाउँछ,'उनले भने,‘सत्तामा पनि रहिरहने प्रतिपक्षसँगको पनि सिरानी थापिराख्ने कुरो त्यो उहाँकै स्वास्थ्यको लागि हानिकारक छ । ’

मन्त्री भण्डारीले नेपालकै कारण सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको बताए । मन्त्री भण्डारीले यस्तो अवस्था अब धेरै समय नरहने बताए। ‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिटै त्यसको निरूपण हुन्छ त्यहि कारणले यहाँ सुदूरपश्चिम सरकारले पाउने पूर्णता त्यस्तै प्रवृत्तिले प्रश्नहरू जन्माइरहेका छन्,'उनले भने । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर,उनको सरकारमा एमाले अझै सहभागी भएको छैन । 

कम्युनिस्ट भएर पनि अग्रगमन पक्षधरताहरूको राजनीतिक शक्तिहरूसँग नमिलेको भन्दै उनले नेपालको आलोचना गरेका थिए । ‘संसद्मा रहेका माननीयहरूको लिगेसिका हिसाबले पनि कम्युनिस्ट पार्टी भनिराख्नुहुन्छ । कम्युनिस्ट पार्टीको लामो समयसम्मको यात्रा पनि उहाँले गर्नु भएको छ । तर,अग्रगमन पक्षधरताहरुको राजनीतिक शक्तिहरूको सहकार्यमा उहाँ किन विचलित हुँदै हुनुहुन्छ,'उनले भने,‘उहाँ सत्तामा रहिरहने प्रतिपक्षसँग साइनो सम्बन्ध देखाइरहने कुरा उचित होइन । उहाँको ती प्रवृत्तिगत कुराले यहाँको सरकारले पूर्णता पाउने कुरामा समस्या पैदा भइरहेको हो।'
उनले २/४ दिनमै सुदूरपश्चिम  सरकारले पूर्णता पाउने दाबी गरे ।

मन्त्री भण्डारीले बजेटले आसा र सम्भावना देखाएको जिकिर गरे । ‘बजेट कार्यान्वयन नहुने समस्या थियो अहिले बजेट कार्यान्वयन गर्ने पहिलो प्राथमिकता रहेको छ’ उनले भने ‘यसले आसा र सम्भावना देखाएको छ ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.