अक्षयकोषलाई झापाली समाज साउदीद्वारा सहयोग
साउदी : झापाली समाज साउदी अरेबियाले शिक्षामा वार्षिक छात्रवृत्ति अक्षयकोषका लागि ५ लाख रूपैयाँ सहयोग गरेको छ।
‘गरिब, मेधावी र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग, झापाली समाजको प्रस्तुति शिक्षामा वार्षिक छात्रवृत्तिका लागि अक्षयकोष’ भन्ने आशयका साथ गत १२ अप्रिलमा गायक प्रमोद खरेलको उपस्थितिमा समाजको दोस्रो महाधिवेशन तथा सांस्कृतिक कार्यक्रमबाट संकलित रकम ७ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापनाको लक्ष्य रहेको थियो । जसअनुसार हाल ५ लाख झापा बिर्तामोडस्थित विशेष कार्यक्रमकाबीच झापाली समाज साउदी अरबका संस्थापक अध्यक्ष मदन ओडारीले अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगानालाई सो रकम हस्तानतरण गरेका थिए।
साउदीका निवर्तमान अध्यक्ष राजेन्द्र थापाले आफूलगायत कार्यसमितिका साथिहरूले अक्षयकोष लागि सहयोग गरेकोमा धन्यवाद दिँदै बाकी संकलित अन्य २ लाख रूपैयाँ विभिन्न सामाजिक कार्यहरूमा खर्च गरिने बताए।
हालका अध्यक्ष रविन गिरीका अनुसार घोषित एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियानको सुरुवात झापाली समाज अमेरिकाले गरेसँगै यस अभियानमा झापाली समाज साउदीले पनि २ जना विद्यार्थीको वार्षिक छात्रवृत्ति का लागि सहयोग गरेको बताए भने आगामी दिनमा पनि साउदीमा रहेका विभिन्न संस्थाहरू तथा व्यक्तिसँग मिलेर समाजले सहकार्य गर्ने बताए।