सुनको मूल्य बढ्यो, नयाँ रेकर्ड कायम
काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ ।
तेजाबी सुन बिहिबार एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि एक हजार आठ सय ७५ निर्धारण भएको छ ।