वर्षा मापनका लागि नागरिक वैज्ञानिक

वर्षा मापनका लागि नागरिक वैज्ञानिक
सुन्नुहोस्

दोलखा : वर्षात्को समयमा मौसमबारे सर्वसाधारणलाई जानकारी गराउन र विपत् व्यवस्थापनका लागि मनसुनी वर्षा मापन गर्न भीमेश्वर नगरपालिकाले ९ वटै वडाका ५५ जना युवाहरूको एक टोलीलाई नागरिक वैज्ञानिक तयार गरिएको छ।

‘पूर्वानुमानमा आधारित पूर्वकार्य गर्नका निम्ति नागरिक प्रयोगबाट मापन तथा दृश्यावलोकनका लागि नागरिक वैज्ञानिक तयार गरिएको हो। उनीहरूलाई विपत््का घटनाको सूचना र वर्षा मापनका लागि प्रविधिमा प्रशिक्षण गराएको नगरपालिकाका विपत्् व्यवस्थापन शाखाका सम्पर्क अधिकृत सुरेश राउतले बताए। विपत्पूर्व तयारी थाल्न नगरपालिकाले युवाहरूलाई मोबाइल एपमार्फत सूचना संकलन र हरेक दिन वर्षामापन गर्ने प्रविधि दिएको छ भने ‘नागरिक वैज्ञानिक’को काम हरेक दिन बिहान एपबाट गाउँको अवस्था, वर्षा मापन, पहिरोको जोखिम भएको क्षेत्रको तस्बिरसहितको सूचना नगरपालिकामा अपडेट गराउनुपर्ने राउतको भनाइ छ।

आईएचआरआर र एसफोरडब्लू नेपालको सहकार्यमा नगरपालिकामा जलवायु परिवर्तन र विपत््को पूर्वतयारी स्वरूप ‘भिक्ट्री’ परियोजना सुरु गरी नागरिक वैज्ञानिक कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

‘प्रविधिसहित युवालाई विपत्् व्यवस्थापन सूचना प्रणाली बलियो बनाउन नागरिक वैज्ञानिकलाई प्लास्टिकको रिसाइकल गरेको गेजका रूपमा विकास गरेर वर्षा मापन उपकरण उपलब्ध गराइएको छ। २ दशमलव २५ लिटरको बोतललाई खुला स्थानमा राखेर वर्षामापन विधिबारे सिकाइएको आईएचआरआरका निर्देशक सुरज गौतमले बताए। मनसुनको याममा सबै वडाबाट हरेक दिन प्राप्त तथ्यांकले एपबाट सबैलाई जानकारी पाउन सकिने उनको भनाइ छ। नेपालको पहाडी जिल्ला दोलखाको भीमेश्वर नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा यो प्रविधिको परीक्षण भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.