सगरमाथा आरोही बस्ताकोटीको भावपूर्ण बिदाइ

सगरमाथा आरोही बस्ताकोटीको भावपूर्ण बिदाइ
सुन्नुहोस्

पोखरा : सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्कने क्रममा निधन भएका पोखराका युवा पर्यटन व्यवसायी विनोदबाबु बस्ताकोटीको शुक्रबार पोखरामा भावपूर्ण बिदाइ गरिएको छ। सफल सगरमाथा आरोही बस्ताकोटीको सम्मानका साथ पोखरा परिक्रमा गरी अन्तिम बिदाइ गरियो। 

पोखरा—२६ खरानीफाँटका ३७ वर्षीय बस्ताकोटीले जेठ ९ गते बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। घरपरिवारमा पनि जानकारी नगराई सरप्राइज दिने गरी सगरमाथा चुम्ने र खुसी बाढ्ने उद्देश्यका साथ सगरमाथा आरोहणमा निस्केका बस्ताकोटीले सर्वोच्च शिखर त चुमे तर त्यो खुसी परिवार, साथीभाइ, इष्टमित्रसँग साट्न भने पाएनन्। बस्ताकोटीको निधनमा परिवार र गाउँ नै शोकमा छ।

पोखरा र देशले युवा पर्यटन व्यवसायी गुमाएको छ। आरोहणबाट फर्कने क्रममा ८ हजार २ सय ५ मिटरको उचाइको चौथो शिविरमा आइपुग्दा अचानक बिरामी भई उनको निधन भएको बताइएको छ। स्वर्गीय बस्ताकोटीको पार्थिव शरीरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलिका लागि राखिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे। निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङलगायतले उनलाई श्रद्धाञ्जलि दिए। बस्ताकोटीलाई नगर प्रहरीले सलामी दिएको थियो। बस्ताकोटीलाई वडानम्बर २६ ले वडा रत्न घोषणा गरेको वडाध्यक्ष नरेन्द्र थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.