टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य

टी–२० विश्वकप : क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य
सुन्नुहोस्

अमेरिकामा जारी  टी–२० विश्वकपमा भइरहेको पहिलो खेलमा क्यानडाले अमेरिकालाई जितको लागि १९५ रनको लक्ष्य दिएको छ । क्यानडाले २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो।

क्यानडाका लागि नवनीत धालिवाल र निकोलस किर्टनले अर्धशतक बनाएका छन् । अमेरिकाका लागि कोरी एन्डरसन, हरमित सिंह र सौरभ नेत्रावलकरले १–१ विकेट लिएका थिए । परगट सिंह र दिलप्रीत बाजवा रनआउट भएका थिए ।

अमेरिका र क्यारेबियन टापुको आयोजनामा भएको टी–२० विश्वकप आजबाट सुरु भएको छ । पहिलो खेल क्यानडा र अमेरिकाबीच अमेरिकाको डलासमा हुँदैछ ।

अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.