विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ
सुन्नुहोस्

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट दोस्रो चरण खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एन्फा पदाधिकारीले नेपालको झण्डा हस्तान्तरण गरेर विश्वकप छनोट दोस्रो चरण अन्तर्गत युएई र यमनसँग हुने खेल खेल्नका लागि साउदी अरब जान लागेको टोलीको बिदाइ गरेको हो। 

बिदाई कार्यक्रममा राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले नेपाली टीमको तयारी राम्रो भएकाले अंक प्राप्तका लागि अबको खेल महत्वपूर्ण भएको बताए। अहिलेको टीमका सदस्यले देखाएको प्रदर्शन र तयारीले नतिजा राम्रो आउने उनको विश्वास छ। उनले होम ग्राउण्डमा खेल्न नपाउनु दुःखद भएको बताए।

त्यस्तै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले खेलका लागि राम्रो तयारी भएको र टिममा धेरै सुधार देखिएको धारणा राखे। नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दैछ। युएईसँगको खेल भने त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने तय थियो। एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको हो। 

छनोटको अन्तिम प्रतिस्पर्धाको रुपमा यमनविरुद्ध ११ जुनको अवे म्याच पनि साउदीमै हुँदैछ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यी दुई प्रतियोगिताका लागि आइतबार नै २३ सदस्सीय टोली घोषणा गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.