टी–२० विश्वकप : नामिबियाले सुपर ओभरमा ओमानलाई  हरायो

टी–२० विश्वकप : नामिबियाले सुपर ओभरमा ओमानलाई  हरायो
सुन्नुहोस्

नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।  सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो ।

यसअघि सन् २०१२ मा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच टी–२० विश्वकपमा अन्तिम सुपर ओभर खेलिएको थियो । यो खेल वेस्ट इन्डिजले जितेको थियो।

सोमबार बिहान भएको खेलमा नामिबिया र ओमान दुवैले १०९ रन बनाएका थिए

बार्बाडोसको केन्सिङ्टन ओभलमा भएको खेलमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । जवाफमा नामिबियाले पनि २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो र खेल सुपर ओभरमा पुग्यो।

 सुपर ओभरमा डेविड विजी र कप्तान गेहार्ड इरास्मसले ब्याटिङ गरेका थिए।
 
सुपर ओभरमा नामिवियाले ६ बलमा २१ रन बनाएको थियो । जितको लागि २२ रन आवश्यक रहेको ओमानले १० रन दिएर एक विकेट मात्र लियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.