उदयपुरको ग्रेस अनुग्रह सहकारीमा करोडौं हिनामिना, सञ्‍चालक खोज्दै पीडितहरू

उदयपुरको ग्रेस अनुग्रह सहकारीमा करोडौं हिनामिना, सञ्‍चालक खोज्दै पीडितहरू
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर : सर्वसाधारणको बचत अपचलन गरेर सम्पर्कबिहीन भएको ग्रेस अनुग्रह सहकारी संस्थाका पीडितले संघर्ष समिति गठन गरेर आन्दोलनको तयारी गरेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारमा संचालन हुँदै आएको उक्त सहकारी संस्थाले बचतकर्ताहरुको करोडौं रुपैयाँ अपचलन गरेर सम्पर्कबिहीन भएपछि पीडितहरु आन्दोलित हुन बाध्य भएका हुन्।

जिल्लाको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा आफ्नो कारोबार सञ्‍चालन गर्दै आएको ग्रेस अनुग्रह सहकारी संस्थाले विगत २  वर्षदेखि बचतकर्ताको बचत रकम फिर्ता गरेको छैन । ५० हजारदेखि लाखौंसम्म रकम बचत गरेका संस्थाका बचतकर्ताले समयमा पैसा फिर्ता नपाएपछि आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

आफूहरुले साना-साना बालबालिकाको भविष्य राम्रो होला भन्दै मजदुरी गरेर कमाएको रकम बचत गरेको तर समयमा पैसा फिर्ता नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको पीडित मध्य राधा राईले बताइन् । उनले पैसा अब पनि संस्थाले फिर्ता नगर्ने हो भने आफूहरु जस्तोसुकै आन्दोलन गर्न तयार रहेको समेत बताइन् ।

पीडितहरुले दुई वर्ष‍देखि आफ्नो बचत फिर्ता नगरेकाले आन्दोलनको विकल्प नरहेको बताए । उनीहरूले अब पनि सहकारीले आफूहरुको बचत फिर्ता नगर्ने हो भने प्रशासन घेराउदेखि सडक बन्द गरेर आन्दोलन गर्नेसम्मका कार्यक्रम अघि सार्न बाध्य हुने संघर्ष समितिका संयोजक डी.वी.लामिछानेको भनाइ छ ।

उनले बचतकर्तालाई अल्मल्याउन व्यक्तिगत खाताको चेक दिने गरेको बताए । उनीहरुले ग्रेसमा काम गर्ने कर्मचारीले दिएको चेक देखाउँदै भने,'हामीलाई झुक्याउन पैसा नभएको आफ्नो व्यक्तिगत नामको चेक दिएर ठगी  गरिएको छ ।'

पीडितहरुले आफूहरुलाई चेक दिएर पैसा फिर्ता गर्ने बाहना बनाउँदै अफिस छोडेर भागेकोले सहकारी सञ्चालक नफर्कने हो कि भन्ने शंका उब्जिएको समेत बताए ।    स्थानीय व्यवसायी रमेशप्रसाद गुप्ताले आफूले आफ्नो नाति-नातिनाको भविष्य सोचेर पैंसा बचत गरेको रकम सहकारीले अपचलन गरेको गुनासो पोखे। 

उनले सहकारीका सञ्चालकले आफ्नो व्यक्तिगत खाताको चेक आफूलाई पनि दिएको तर उक्त चेकमा पैसा नरहेको भन्दै प्रहरीमा उजुरी गर्दा समेत कसैले सुनुवाइ नभएको गुनासो गरे । पीडितहरूले सहकारी सञ्चालक सम्पर्कमा आएर नियमित अफिस खोल्न र सबै बचतकर्ताको रकम समयमा फिर्ता गरिदिन समेत माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.