नेपाली  पुरुष फुटबल टोली साउदीमा

नेपाली  पुरुष फुटबल टोली साउदीमा

साउदी : फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली साउदी अरेबिया पुगेका छन्। टोलीले विश्वकप छनोट दोस्रो चरण अन्तर्गत युएई र यमनसँग हुने खेल खेल्नका लागि उनीहरू  सोमबार बिहान साउदीको दमाम सहरमा पुगेका हुन्। 

टोलीले जुन ६  गते युएईविरूद्ध दोस्रो चरणको खेल साउदी अरेबियाको दमाम सहरस्थित प्रिन्स मोहम्मद बिन फाहाद स्टुडियोमा खेल्ने छ। खेल स्थानीय समय अनुसार साँझ ७ बजे हुनेछ। छनोटको अन्तिम प्रतिस्पर्धाका रुपमा यमनविरुद्ध ११ जुनको अवे म्याच पनि साउदीमै खेल्ने छन्। 

टोलीलाई स्वागत  गर्नका लागि साउदीमा रहेको नेपाली दूतावास, साउदीका लागि पर्यटन दूत , एनआरएन भ्रातृसंगठन तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको  एयरपोर्टमा उपस्थित  हुनुको  साथै जितको अग्रिम शुभकामना समेत दिएका थिए।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको छ। नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।

टोलीमा   गोलकिपर  किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल, डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द छन्। 

मिडफिल्डरतर्फ भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई रहनुको साथै फरवार्डमा जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी गरी २३ सदस्यी टोली रहेका छन्। साथै ११ जना अफिसियल गरी ३४ सदस्य रहेका छन् भने मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.