भारतमा मतगणना सुरु, भाजपा नेतृत्वको एनडीए अगाडि

भारतमा मतगणना सुरु, भाजपा नेतृत्वको एनडीए अगाडि
सांकेतिक तस्बिर।

नयाँ दिल्ली : भारतीय लोकसभा निर्वाचनको मतगणना सुरु भएको छ। मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरु गरिएको हो। हालसम्म भएको मतगणना अनुसार भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले अग्रता लिएको छ।

 
यो समाचार तयार पार्दासम्म भएको मत गणनाका अनुसार एनडीए २६१ स्थानमा अगाडि छ। त्यस्तै दोस्रो स्थानमा इन्डिया गठबन्धन रहेको छ। इन्डिया गठबन्धन १९१ स्थानमा अगाडि छ। तृणमुल कांग्रेस १२ स्थानमा अग्रता कायम गरेको छ भने अन्य पार्टी २ स्थानमा अगाडि छन्।

मतपत्रको मतगणना सकिएपछि इभिएम मेसिनको मतगणना सुरु हुनेछ । भारतमा १८ औं लोकसभाको चुनाव सात चरणमा भएको थियो। लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ मा भएको थियो भने अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।

आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको छ । सुरत लोकसभा सीटमा बीजेपी उम्मेदवार निर्विरोध जित्न सफल भएका थिए।


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.