उदयपुरमा मोटरसाइकल र टिपर ठोक्किँदा दुईजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल र टिपर ठोक्किँदा दुईजनाको मृत्यु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका- १ फुलजोरमा टिपर र मोटरसाइकल एकआपसमा जुझ्दा दुईजनाको ज्यान गएको छ । मंगलबार बिहान मदनभण्डारी लोकमार्गहुँदै गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आएको टिपर जुझ्दा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दुर्घटनामा गाईघाटबाट पूर्व बेल्टारतर्फ जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुनसरी घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ चाँपका २४ वर्षीय हिरा राईको ज्यान गएको छ । 

प्रहरीले घटनास्थलबाट प्र. १–०२– ००१ ख ८५१४ टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.