मधेसमा एक्लियो जसपा नेपाल, दोधारमा मुख्यमन्त्री यादव

मधेसमा एक्लियो जसपा नेपाल, दोधारमा मुख्यमन्त्री यादव
मुख्यमन्त्री सरोजकुमार यादव

जनकपुरधाम : मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल एक्लिएको छ। सत्ता साझेदार एकपछि अर्को दलहरूले जसपाको साथ छोडेपछि जसपा एक्लिएको हो। सत्ता सहयात्रामा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीबाहेकका अन्य रहे पनि जसपाको काम कारबाहीले असन्तुष्ट भएर विस्तारै एकपछि अर्को दलहरू सत्ता छोडदै एक्लिन पुगेको हो।      

जसपाको सत्ता साझेदारीको अन्तिम समयसम्म साथ दिएका नेकपा एकीकृत समाजवादीले पनि मंगलबार साथ छोडेपछि जसपा नेपाल एक्लिएको हो। संसदीय दलका नेता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेचु लुगेलीले मुख्यमन्त्रीलाई राजजीनामा बुझाएका छन्।

एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री गोविन्द न्यौपानेसँगै अन्य नेताहरूले प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी समक्ष राजीनामा बुझाएसँगै सरकार एक्लिएको हो। मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते बुधबार विश्वासको मत लिने प्रदेशसभाको कार्यसूची थियो।

जसपा नेपाल पार्टी विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार ३०औं दिनमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन लागेका थिए। तर, अहिले सत्ता साझेदार दलहरूले एकपछि अर्कोले साथ छोडेपछि अहिले एक्लो भएका हुन्। यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.