विश्वकपमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

विश्वकपमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

काठमाडौं : आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा ९ बल अगावै पूरा गर्‍यो। 

नेदरल्यान्ड्सका लागि म्याक्स दोउडले सर्वाधिक ५४ रन बनाए। त्यस्तै विक्रमजीत सिंहले २२ रन, स्कट इडवार्डले ५ र सीब्रान्डले १४ रन बनाए। 

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक-एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ मा १०६ रन बनाएर अलआउट भएको थियो।नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। ३७ बलमा उनले ५ चौका प्रहार गरे। त्यस्तै करण केसीले १२ बलमा १७ रन बनाए भने गुल्शन झाले १५ बलमा १४ रन बनाए। सोमपाल कामी शून्य रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले १ रन बनाए। 

त्यस्तै कुशल मल्ल ९ रन, अनिल साह ११ रन, कुशल भुर्तेल ७ र आशिफ शेख ४ रनमा आउट भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.