न्युरोडमा फुटपाथ बढाउन दिऊँ

कार्यादेशमा लामिछानेको नाम नराखे पनि अपचलन भएका सहकारी र कम्पनीको नाम राखिएको छ : कांग्रेस

कार्यादेशमा लामिछानेको नाम नराखे पनि अपचलन भएका सहकारी र कम्पनीको नाम राखिएको छ : कांग्रेस

सांसद शर्माले विश्वकप खेल्न जान सरकारले सन्दीप लामिछानेको भिसाका लागि आवश्यक पहल गर्न नसकेको दाबी गरे।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीको छानबिन गर्दा सत्तालाई नभई तथ्यलाई केन्द्रमा राख्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै शर्माले सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले तथ्यमा रहेर अनुसन्धान गर्नुपर्ने बताएका हुन्।

सांसद शर्माले भने,‘सत्तालाई होइन, गठबन्धनलाई होइन,गठबन्धनको गणितलाई होइन, पीडितको पसिनाको गणितलाई ध्यानमा राख्नुपर्छ।’  

शर्माले कार्यादेशमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाम नराखेपनि उनी मुछिएका सहकारी र कम्पनीको नाम राखिएको प्रष्ट पारे। तथ्य र वस्तुगत भएर समितिले संसदमा राख्ने विश्वास व्यक्त गरे। शर्माले सहकारी सञ्चालन गर्दा जनताको पसिनामाथि लुट मच्चाउने सञ्चालकलाई कारबाही गर्नुपर्ने धारणा राखे। उनले विधिमा सञ्चालन गर्ने सहकारीलाई आरोप लगाउनु नहुने बताए। 

 कांग्रेसलाई दण्डित गर्न गिरीबन्धुको फाइल खोल्न तयार हो ?

सांसद शर्माले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आरोप लगाएको भन्दै प्रतिवादसमेत गरेका छन्। उनले गृहमन्त्रीलाई कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाएकाले अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तयार हो भन्दै प्रश्न समेत गरे।

सन्दीप लामिछानेको भिसाका लागि सरकारले पहल गर्न सकेन

सांसद शर्माले विश्वकप खेल्न जान सरकारले सन्दीप लामिछानेको भिसाका लागि पहल गर्न नसकेको दाबी गरे। उनले विगतमा आरोप लागिरहेको अवस्थामा मैदानमा उत्रनुहुन्न भनेर भनेपनि अहिले अदालतले नै निर्दोष ठहर गरिसकेकाले लामिछानेले विश्वकप क्रिकेट खेल्न नपाउनुमा सरकार पनि जिम्मेवार रहेको बताए ।

खेलकुदमन्त्री,परराष्ट्रमन्त्री र सरकारको ध्यानाकर्षण गराउँदै उनले भने,‘अदालतले निर्दोष सावित गरिसकेपछि सन्दीप लामिछाने विश्वकप खेलिरहेको हुनुपर्थ्यो। आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो।’

न्युरोडमा फुटपाथ बढाउन दिनुपर्छ

महामन्त्री शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताए। उनले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठूलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रहसमेत गरे। उनले भने,‘स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.