चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक ३५ हजार घुससहित पक्राउ

चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक ३५ हजार घुससहित पक्राउ
तस्बिर : अन्नपूर्ण

भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले कपिलवस्तुको चन्द्रौटा नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद गुप्तालाई घुससहित रंगेहात नियन्त्रणमा लिएको छ ।

कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले गुप्तालाई रंगेहात नियन्त्रणमा लिएको स्रोतले बतायो । 

अख्तियारले उनलाई कार्यालय  नजिकैको एक होटलबाट नियन्त्रणमा लिएको हो।

‘कार्यालयका कर्मचारी घुससहित नियन्त्रणमा लिएकोबारे आधिकारिक रुपमा जानकारी आएको छैन, 'नापी कार्यालय चन्द्रौटाका प्रमुख गोविन्दराज जोशीले अन्नपूर्ण पोष्ट्सँग भने, 'कार्यालयमा छु,अख्तियारको टोलीले मलाई बाहिर बोलाएको छ, जाँदैछु ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.