अँध्यारोको पर्दा चिर्ने शक्ति रहेछ बत्ती
राति काम गर्नुपर्दा साथी नै हो बत्ती
बत्ती नभए यातायातमा रात्रिसेवा कहीँ हुन्थ्यो
धेरै टाढा पुग्न हामीलाई कत्ति कष्ट हुन्थ्यो
त्यसैले त बत्ती हाम्रो अँध्यारोमा साथी
सबै काममा साथ दिन्छ बत्ती कत्ति जाति।
हरेक कार्य शुभारम्भमा पहिले बत्ती नै बाल्छौं
बत्तीले सर्वत्र ज्योति दिएपछि कार्यक्रम थाल्छौं
सधैं र सर्वत्र सुन्दरता दिने पनि उही बत्ती
हरेक ठाउँमा चाहिन्छ बत्ती कति हो कति।
पूजा गर्दा मन्दिरमा पनि पहिले बाल्छौं बत्ती
विचार गरौं यसको काम त कति हो कति
जीवित रहँदा हरेक काममा चाहिन्छ बत्ती
मृत्युपछि अन्तिम संस्कारमा पनि दागबत्ती।
- तिलक थापा ‘भोजपुरे’