साउदीमा मनाइयो साकेला उभौली

साउदीमा मनाइयो साकेला उभौली

साउदीमा : साउदीमा साकेला उभौली पर्व भव्यताका साथ मनाइएको छ। ७ जुन २०२४ का दिन साउदीको  रियाद शहरमा किराँत राई यायोक्खा क्षेत्रीय कार्य समितिद्वारा आयोजित साकेला उभौली येले संवत्  ५०८४ कार्यक्रम मनाइएको हो। कार्यक्रमको सुरुवात दीप प्रज्वलन र नेपाली राष्ट्रिय गानसहित किराँती राष्ट्रिय गानबाट गरिएको थियो।

आयोजकले किरात राई समुदायको  उँभौली पर्व हर्षोल्लासका साथ सुरु भएको  बताए । किरात मुन्दुमी संस्कृतिमा साकेला, साक्खेवा, साकेन्वा नामले परिचित उँभौली पर्वको रौनक  सुरु भएसँगै साउदीमा पनि धुमधामले मनाइएको आयोनकको भनाइ छ। 

मुन्दुमी मान्यताअनुसार अन्नबाली प्राकृतिक विपत्तिहरूबाट सुरक्षित रहने मनोकामनाका साथ इष्टदेवता सुम्निमा र पारुहाङको पूजाआजा गर्ने चलन रहेको छ। उँभौलीमा न्वागी, सिमे, भूमे र भूमिपूजाका रूपमा कुखुरा, कोदोको जाँड र रक्सीलाई ‘सुप्तुलुङ’ अर्थात तिनचुल्हो र माङ (पितृ) पूजामा चढाउने धार्मिक परम्परा समेत रहेको बताए।  साथै वर्षभरिलाई फलाइने अन्न रोपेर ‘उँभो’ (उकालो) लाग्ने भएकाले भूमिपूजक किरात राईहरूको वैशाख पूर्णिमादेखि १५ दिनसम्म उँभौली मनाउने चलन रहेको छ। मुन्दुमी परम्पराअनुसार इष्टदेवता सुम्निमा र पारुहाङलाई सम्झँदै माङ (कुलपितृ) लाई शक्ति माग्ने चलन भएको आयोकको भनाइ छ।

अन्य समुदाय जस्तै किरात राईहरूको पनि उँभौली मुख्य पहिचान  भएकोले यो पर्व  संस्कारको रुपमा रहेकोले यसलाई संस्कार-संस्कृति, मौलिकपन, मूल्यमान्यता बिर्सन नहुने भन्दै  पुर्खाहरूको सम्झना र सुखशान्तिको कामनाका लागि उभौँली मनाउने चलन रहेको बताए।

कार्यक्रममा दुताबास परिवार, साउदीका  विभिन्न संघसंस्थाका प्रतिनिधिलगाएत अन्य नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो भने दुताबास तथा प्रतिनिधिले विशेष गरेर किराँत  राई, लिम्बू, हरूले मनाउने साकेला उभौलीले राट्रिय चाडका रुपमा मान्यता पाएसँगै अन्तर्राष्ट्रिय समुदायसम्म पनि प्रचार – प्रसार भएको र साउदीमा पनि साकेला नाच हेर्न पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रम  सफल  भएको भन्दै शुभकामना दिएका थिए।

कार्यक्रम पूर्व  र बीच बीचमा आयोजकले  उँभौलीमा नाचिने साकेला सिलि (चण्डी नाच) पशुपन्छीको चाल, कृषि खेतीका तौरतरिकाको अनुकरण गरी ढोल र झ्याम्टा बजाउँदै एकै सुरतालमा गोलबन्दी घेरा बनाएर नाचेका थिए।  सिजनमा अन्न बालीहरु लगाउने र सिजनमा लगाएको बालिनाली सप्रियोस भनेर भुमी पुज्दै विदेशी भूमिमा पनि किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा / नछुङ् राखेर पितृ पूजा गर्दै ढोल झ्याम्टा बजाउँदै साकेला सिली / धान नाच / श्यादरसिल नाच्दै कार्यक्रम मनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.