साउदीमा एनआरएनले फुटबल आयोजना गर्ने

साउदीमा एनआरएनले फुटबल आयोजना गर्ने

साउदी : साउदी अरेबियामा इदका अवसरमा एनआरएन साउदीले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार दोस्रो एनआरएनए गोल्डकप २०२४ सँगै विगतमा गरिएका खेलहरूलाई निरन्तरता दिन एवम् नेपाली फुटबल खेलाडीहरूको खेल प्रतिको चासोलाई समेत ध्यानमा राख्दै हौसला बढाउन फुटबल प्रतियोगिता आयोजना गरिएको बताए। खेल नकआउट विधिबाट खेलाइने र २२ टिमले भाग लिने बताए।
 

फुटबल प्रतियोगितामा प्रथम पुरस्कार राशी ६ हजार ६६६ साउदी रियाल, द्वितीय पुरस्कार ३ हजार ३३३ साउदी रियाल, तृतीय पुरस्कार १ हजार ६१६ साउदी रियालसँगै विभिन्न मेडल तथा सम्मान कार्यक्रम राखिएको छ।

अध्यक्ष रबिना अर्यालका अनुसार एनआरएन साउदीले हरेक वर्षझैं यो वर्ष पनि फुटबल प्रतियोगिता गरेको हो। यसबाट बच्ने रकमलाई पीडित उद्धार कोषका निमित्त सहयोग गर्ने उनको भनाइ छ। 

प्रतियोगिता जुन १६ र १७ तारिख तुकवा खेल मैदान (खसी बजार नजिकै), दम्माम शहरमा हुने बताइन्। साथै जुन १४ ताबुक शहर तथा जुन १६ रियाद शहरमा एनआरएन साउदी मातहतमा रहेका रियाद आरसिसि र तामुक आरसिसिले आयोजना गर्ने गायक प्रिति आले र टंक बुढाथोकीको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम उपस्थित जनाई कार्यक्रम भव्य रुपमा सफल पार्न अनुरोध समेत गरिन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.