इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

हुम्ला : ग्रामीण क्षेत्रका नागरिकलाई सेवा प्रवाहमा सहज बनाउनका लागि २०७३ सालमा सर्केगार्डमा इलाका प्रशासन कार्यालय स्थापना भयो। इलाका प्रशासन कार्यालय स्थापना भएको ८ वर्ष पुगिसकेको छ। 

इलाका प्रशासनको बार्ड सर्केगाडमा टाँसे पनि ताजाँकोट,अदानचुली, चंखेली सर्केगाड गाउँपालिका नागरिकहरुले सेवा लिन दुई तीन दिनको पैदल हिँडेर जिल्ला सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता छ। 

सामान्य नेपाली नागरिकता, नाबालक परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय सिमकोट धाउँदै आएका छन्। इलाका प्रशासनबाट दिँदै आएको नागरिकताको हस्ताक्षर गर्न प्रमुख नभएपछि एक दिनको पैदल हिँडेर सिमकोट पुग्न बाध्य भएको अदानचुली गाउँपालिका-२ की उषा फडेराले जानकारी दिइन्। 

नागरिकता इलाकाले बनाइदिए पनि हस्ताक्षर गर्न सिमकोट नै पुग्नु परेको फडेराको भनाइ थियो। इलाका प्रशासन कार्यालयमा प्रमुख नहुँदा नागरिकताको हस्ताक्षर गर्न सिमकोट पुगेर प्रमुख जिल्ला अधिकारीबाट हस्ताक्षर गरी पुनः इलाकाको छाप लगाउन सर्केगाड पुग्नु परेको अदानचुली गाउँपालिका-२ कै नितेश भण्डारीको दुखेसो छ। ‘दुःख उस्तै पैसा उस्तै छ इलाकाबाट नागरिकता बनाउने भनेर आएको थिएँ। सिमकोट जानुपर्ने भयो,’ उनले भने। 

फडेरा र भण्डारी मात्रै नभई ताजाकोट गाउँपालिका ६ हजार ९९५ अदानचुली गाउँपालिका ८ हजार २६५ चंखेली गाउँपालिकाका ६ हजार १५८ र सर्केगाड गाउँपालिका १० हजार ६८८ जनसंख्या इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाबाट बञ्जित भएका छन्। 

इलाका प्रशासन कार्यालय सर्केगाडमा एक जना कम्प्युटर अपरेटर,दुई जना कार्यालय सहयोगीको भरमा कार्यालय खुल्ने र बन्द हुने गरेको छ। नागरिकता यताबाट बनाएर हस्ताक्षर गर्न सिमकोट पुगेर हस्ताक्षर गरी ल्याउने गरेको इलाका प्रशासन कार्यालयको कार्यालय सहयोगी जनक थापाले बताए। 

नागरिकता संकलन गरेर १५/२० जना पुगेपछि जिल्ला प्रशासन कार्यालय सिमकोट पुगेर हस्ताक्षर गरेर ल्याउने गरेको थापाले स्वीकार गरे। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.