सुदूरपश्चिममा सरकार विस्तार हुँदै

माओवादीबाट भाट र रावल मन्त्री बन्दै, एमाले पनि सरकारमा जाने संकेत

माओवादीबाट भाट र रावल मन्त्री बन्दै, एमाले पनि सरकारमा जाने संकेत
तस्बिर : अन्नपूर्ण

धनगढी : सुदूरपश्चिम सरकार विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट ओमविक्रम भाट (सरल) र अक्कल रावल मन्त्री हुने भएका छन् । पार्टीको केन्द्रीय नेतृत्वले मन्त्रीहरूको टुंगो लगाएपछि प्रदेश सरकार विस्तारको ढोका खुलेको हो । 

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दिर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएको डेढ महिनापछि सुदूरपश्चिममा सरकार विस्तार हुने संकेत देखिएको हो । सुदूरपश्चिम सरकार विस्तारबारे प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएपछि सरकार विस्तार हुन लागेको हो।

माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम बुझाउने तयारी गरेपनि एमालेले भने निर्णय गरिसकेको छैन । एमाले उच्च स्रोतका अनुसार आज बेलुकीसम्म पनि एमाले पनि सरकारमा सहभागी हुने तयारीमा छ । स्रोतका अनुसार एमालेका प्रमुख सचेतक सुरेन्द्र बहादुर पाल र प्रदेश सभा सदस्य वीरबहादुर थापा (पातल) मन्त्री बन्दैछन्।

स्रोतका अनुसार एमालेलाई आर्थिक मामिला र आन्तरिम मामिला मन्त्रालय दिने र माओवादीलाई सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयल दिने सहमतिको खाका बनेको छ । एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल शनिबार काठमाडौं गएका छन् । आज केन्द्रीय नेतृत्वसँग सरकारमा जाने छलफल भएको बताइएको छ । 

हाल मुख्यमन्त्री सोडारी नेतृत्वको मन्त्रिमण्डलमा नागरिक उन्मुक्ति पार्टीका दुईजना मन्त्री छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.