महोत्तरी : मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि महोत्तरीको रामगोपालपुरमा २० जनाले उम्मेदवारी दिएका छन्। रामगोपालपुर नगरपालिका-२ मा रहेको रिक्त वडाध्यक्ष पदका लागि ८ जना दलगतरुपमा र १२ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनीहरु स्वयम् वडा कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गई तोकिएको समयमा उम्मेदवारी दर्ता गराएका हुन्।
दलगततर्फ :
आइतीकुमारी यादव नेकपा माओवादी केन्द्र
मो. जनिफ खान नेपाली कांग्रेस पार्टी
मो. नजामुद्दिन खान जनता समाजवादी पार्टी
सकिबुल खान नेकपा एमाले
मो. मनान खान राष्ट्रिय प्रजातन्त्र पार्टी
खुर्सेद खान राष्ट्रिय स्वतन्त्र पार्टी
ललिन्द्रकुमार साह जनमत पार्टी
राजेशकुमार यादव राष्ट्रिय जनता पार्टी
स्वतन्त्रतर्फ :
अशोककुमार यादव, गंगाप्रसाद यादव, धीरेन्द्र प्रसाद यादव, नजामुद्दिन खान, विलेन्द्र कुमार यादव, मुकेश्वर ठाकुर, मो. अरमान रजा, मो. ईमामुद्दिन खान, राकेशकुमार यादव, राजदेव यादव, रामऔतार यादव र विजयकुमार यादव रहेका छन्।
प्रतिक्रिया दिनुहोस !