बन्द भएका उद्योग सञ्‍चालन गरेर रोजगारी दिन्छौं : मन्त्री भण्डारी

बन्द भएका उद्योग सञ्‍चालन गरेर रोजगारी दिन्छौं : मन्त्री भण्डारी
तस्बिर : अन्नपूर्ण

धनगढी : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार बन्द भएका उद्योगहरू सञ्चालन गरेर रोजगारीका अवसरहरू सिर्जना गर्नतिर लागेको बताएका छन् । सुदूरपश्चिम स्तरीय 'श्रमाधान तथा रोजगार मेला'को आइतबार धनगढीमा उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

‘यसअघिका मन्त्रीहरूले नेपालमा बन्द भएका उद्योगहरू अब सञ्चालनमा ल्याउन नसकिने भन्दै प्रतिवेदन बनाएर राखेका रहेछन्,मैले मन्त्रालयमा उद्योगहरूको अवस्था बुझ्ने क्रममा त्यस्तो पाएँ। तर,वर्तमान सरकार बन्द भएका उद्योगहरू सञ्चालन गरेर त्यसबाट रोजगारीको सिर्जना गर्ने तयारीमा छ,'मन्त्री भण्डारीले भने ।

उनले कच्चा पदार्थ नपाएर बन्द भएका उद्योगहरू फेरि सञ्चालनमा ल्याउने दावी गरे। ‘केही राम्रा राम्रा उद्योगहरू कच्चा पदार्थ नपाएर बन्द भएका छन्,कच्चा पदार्थ आपूर्तिका लागि ऐन नियमहरू बाधक थिए। मैले ८ वटा ऐन नियमहरू संशोधन गरेको छु,अब उद्योगहरूलाई आधुनिक तरिकाले सञ्चालन गर्न सकेमात्रै रोजगारीको सिर्जना गर्न सकिन्छ, 'मन्त्री भण्डारीले भने ।

उनले नवउद्यमीहरूलाई अगाडि ल्याउन ब्याजमा अनुदानका लागि १ अर्बको प्याकेज ल्याएको बताए । ‘उद्योग भएनन् भने देशको उत्पादन हुँदैन,अनि रोजगारी पनि हुँदैन,त्यसैले हामीले औद्योगिक ग्रामहरूलाई स्थानीय र प्रदेश सरकारसँग मिलेर प्राथमिकतामा राखेका छौं ।’

उनले बैदेशीक रोजगारीबाट फर्केका युवाहरू,सिमान्तकृत युवाहरुलाई लक्षित गर्दै कार्यक्रम बनाएको बताए । मन्त्री भण्डारीले भने, ‘चालुआर्थिक वर्ष तीव्र आर्थिक वृद्धि वर्षका रुपमा मनाउने सरकारको तयारी छ,हामीले सतप्रतिशत आर्थिक वृद्धिदर हाँसिल गर्नुछ।'

धनगढीको ओम प्यालेसमा आयोजना गरिएको श्रमाधान मेलामा विभिन्न उद्योग, संघसंस्थाका स्टलहरु राखिएका छन् । रोजगारदाता र रोजगार खोज्नेका बीच पुलको काम गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । आइतबारसम्म ५ हजार आवेदन परेको आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.