वामदेवलाई स्मरण गर्दै माधव नेपालले भने : राजतन्त्रविरुद्धको आन्दोलनमा ढृढता साथ मसँग उभिए

वामदेवलाई स्मरण गर्दै माधव नेपालले भने : राजतन्त्रविरुद्धको आन्दोलनमा ढृढता साथ मसँग उभिए

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र उन्मुलन गराउन वामदेव गौतमले साथ दिएको स्मरण गरेका छन्। आइतबार नेपालमा समाजवादी क्रान्ति विषायक अन्तर्क्रिया कार्यक्रममा नेपालले सबैले खुट्टा कमाएको बेला वामदेव ढृढताका साथ गणतन्त्रको पक्षमा उभिएको दाबी गरेका हुन्। 

‘म सम्झिरहेको छु,राजतन्त्रले निरंकुश, तानाशाहीको स्वरुप अगालेपछि पार्टीको बैठकमा राजतन्त्र उन्मुलन गराउनुपर्छ भनेर समय हाम्रो पार्टीको बैठक बस्यो। एमाले केन्द्रीय कमिटीको कुरा हो। त्यो पार्टी बैठकमा केहि मान्छेका खुट्टा काम्न थाले, विश्वास जाग्न सकेन गणतन्त्रको कुरा गरेर हुन्छ त्यो अहिले समय भएको हुन्छ भनेर ।’ नेपालले भने,‘ म महासचिव थिए त्यतिबेला,  दाहिने बस्नेले पनि रोक्या छ, देब्रे बस्नेले पनि रोक्या छ। त्यो बेला मलाई ढृढता साथ दिने वामदेव गौतमलाई आज स्मरण गर्न चाहन्छु। उहाँले त्यो चुनौतीको बेलामा त्यो गणतन्त्रको आन्दोलनको मोर्चाको उहाँ मेचीदेखि महाकालीसम्म जानुभएको थियो।  ढृढता साथ उभिनु भएको थियो, त्यति सजिलै गणतन्त्र आएको होइन। हाम्रो पार्टीमा मात्र होइन अरु पार्टीमा पनि खुट्टा कामेको थियो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.